Logo

सम्झौताको अढाई वर्षपछि अप्टिकल फाइवरको काम सुरु, धुमधामको शिलान्यास किन ?




काठमाडौं ।नेपाल  दूरसञ्चार  प्राधिकरण  रनेपाल  टेलिकमविचसंझौता  भएको  साढे२  वर्षपछि  अप्टिकल  फाइवर  विस्तारकोकाम  सुरु  भएको छ। टेलिकमले  २हजार  १सय  ७९किलोमिटर  लामो  अप्टिकल  फाइवर  विस्तारको  काम सोमबारबाट  सुरु  गरेको हो ।

प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  धादिङबाट  अप्टिकल  फाइवरविस्तार  शुभारम्भ  गरेका  छन्। ओलीले  डिजिटल  नेपाल  अभियानका  लागि  अप्टिकल  फाइवर  विस्तारको  कार्य  एउटा  खुड्किलो  भएको  भन्दै  यसले  विकासमा  ठुलोटेवा  पु¥याउने  बताए। 

कम्पनीका  प्रवन्ध  निर्देशक डिल्लिराम  अधिकारीले  चियो  भञ्जयाङदेखी  आरुघाटसम्मको  काम  सुरुवात  भएको  भन्दै  मध्यपहाडी  लोकमार्ग,  पुर्वपश्चिम  सडकखण्ड  हुँदै  सहरर  सहरउन्मुख  क्षेत्रलाई  यो  परियोजनाले  समेट्ने  बताएका  छन्।

परियोजना सुरु गर्नमै ढिलाई भइरहेका बेला शिलान्यासका लागि धुमधामको खर्च गरिनुलाई भने गलत रूपमा लिइएको छ ।




प्रतिक्रिया दिनुहोस्