Logo

Banner-news

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा श्रृंखला खतिवडा, उपहारमा ईटूओ विद्युतीय कार !


GDP Nepal
   १० जेष्ठ २०७६, शुक्रबार


काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त भएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै ईटूओ विद्युतीय गाडीको चाबी खतिवडालाई प्रदान गरे ।

अग्नि इन्कर्पोरेटेडको ब्राण्ड एम्बेसडरमा आफू आवद्ध हुन पाएकोमा आफू निकै खुसी भएको खतिवडाले बताइन् । आफूलाई विद्युतीय गाडी धेरै वर्ष अघिदेखि मन परेको उल्लेख गर्दै खतिवडाले एम्बेसडर घोषणा हँुदै ईटूओ गाडी प्रदान गरेकोमा कम्पनीलाई धन्यवाद तथा आभार व्यक्त गरिन् ।

अग्नि इन्कर्पोरेटेडले विगत तीन वर्षदेखि महिन्द्रा बोलेरो पिकअप खरिद गरि उद्यम संचालन गर्दै आएका २५ जना बोलेरो पिकअप ग्राहकका एसईई दिएर बसेका उत्कृष्ट २५ छोराछोरीहरुलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार रकम प्रदान गरिएको थियो ।

यस्तो प्रशंशा पत्र कार्यकारी निर्देशक शर्मा र खतिवडाले संयुक्त रुपमा प्रदान गरे । अग्नि फाउन्डेसनबाट २५ हजार राशिको पुरस्कार तथा प्रसंशा पत्र प्राप्त गर्ने सबै बोलेरोका सेवाग्राहीहरुले कार्यक्रममा खुशी व्यक्त गरेका थिए ।

प्रकाशित : १० जेष्ठ २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह