Logo

Banner-news

बतासको सत्मार्गः निजी जग्गा बाटोका लागि दान, महानगरले नाम राख्यो ‘बतास मार्ग’


GDP Nepal
   १० जेष्ठ २०७६, शुक्रबार


पोखरा । प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना बतास अर्गनाइजेसनले पर्यटन क्षेत्रको विकासमा थप टेवा पु¥याउने उद्देश्यले आफ्नो निजी जग्गा सार्वजनिक बाटोका लागि उपलब्ध गराएको छ ।

बतास समूहले पोखराको हेप्पी भिलेजदेखि ढकाल थर कृषि सडक जोड्ने बाटोमा पर्ने निजी जग्गा उपलब्ध गराएको हो । समूहको यस्तो सत्कर्मलाई सम्मान गर्दै पोखरा महानगरपालिकाले उक्त सडकलाई ‘बतास मार्ग’ नामाकरण गरेको छ ।

स्थानीय उपभोक्ता समितिको सिफारिसमा महानगरपालिकाको १८ नं. वडा कार्यालय सराङकोटले यस्तो नामाकरण गरी प्रमाणित गरेको हो ।

बतास समूहका अध्यक्ष आनन्दराज बतासले आफूहरुले पर्यटन विकास होस् भन्ने हेतुले मूल बाटोमा रहेको बतास अर्गनाइजेसनको जग्गा सार्वजनिक बाटो निकासको लागि दान गरेको बताए ।

अध्यक्ष बतासले भने– जग्गा दानको कदरस्वरुप उक्त बाटोको नामनै ‘बतास मार्ग’ राखिएको जानकारी पाउँदा हामीलाई अझ थप सत्मार्गमा लाग्न प्रेरित गरेको छ ।

‘रिच इन कमिटमेन्ट’ भन्ने नारासहित व्यवसायमा सक्रिया बतास समूहले व्यवसायसँगै विभिन्न सामाजिक काम गर्दै आएको छ । बतास फाउन्डेसनमार्फत मुलुकका विभिन्न स्थानमा आर्थिक, सामाजिक तथा पर्यावरणीय रुपान्तरणसम्बन्धी काम गरिरहेको छ ।

प्रकाशित : १० जेष्ठ २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह