Logo

Banner-news

अस्गर अलिको चरित्रहत्यामा जनआस्था र किशोर श्रेष्ठलाई कारबाही होला?


GDP Nepal
   ११ जेष्ठ २०७६, शनिबार


काठमाडौं । मुलुकमा यतिबेला मिडिया काउन्सिलसम्बन्धी विधेयकको चर्चा चुलिएको छ । सरकार पक्षधरहरु यसको पक्षमा र अन्य स्वतन्त्र व्यक्तित्वहरु तथा प्रतिपक्षीहरु यसको विरुद्धमा ध्रुवीकरण भइरहेका छन् ।

यहि बेला मुलुकमा सरकारी पक्षलाई बल पु¥याउने घटना भएको छ र त्यो पनि सरकार समर्थक एक पत्रकारको पत्रिकामार्फत । त्यतिमात्र नभइ सञ्चार क्षेत्रको नियामक निकाय प्रेस काउन्सिलका अध्यक्षसमेत रहेका विवादास्पद पत्रकार किशोर श्रेष्ठ नेतृत्वको जनआस्था साप्ताहिकका कारण मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई नै बल पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अस्गर अलीलाई असान्दर्भिक रूपमा मुछेर व्यक्तिगत चरित्रहत्या हुने गरी समाचार प्रकाशन भएकामा ध्यानाकर्षण भएको जनाएको छ ।

अस्गर अलि र किशोर श्रेष्ठ

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले विज्ञप्ति जारी गरी यही जेठ ८ गते एक साप्ताहिक पत्रिकामा व्यक्तिको चरित्रहत्या गर्दै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पु¥याउने गरी नियोजित दुष्प्रचार गरिएको भन्दै खेद व्यक्त गरेका छन् ।

समाचारमा अन्तरराष्ट्रिय अपराधीको समूह नेपालमा आएको र उनीहरूलाई प्रहरीले पक्राउ गरेको तर प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अली अपराधी छुटाउन प्रहरीलाई भेट्न गएको भन्दै काल्पनिक कथा खडा गरी भ्रम सिर्जना भएको उल्लेख छ ।

‘‘अली जेठ ७ गते मङ्गबार ९ बजेर ३० मिनेटमा प्रहरी परिसर टेकु पुगेर पक्राउ परेका अभियुक्तलाई भेटी फर्केको कपोलकल्पित कुरा दाबी समाचारमा गरिएको छ । उक्त कुरा त्यहाँको सिसी टिभीमा कैद भएको अत्यन्तै झुटो, भ्रामक र सुनियोजित अफवाह उक्त सामग्रीले प्रसार गरेको छ’’, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘‘प्रधानमन्त्रीको सचिवालयले उक्त समाचारमा उल्लिखित विषयमा प्रहरी परिसर टेकूका डिएसपी सन्तोष तामाङलाई बुझ्दा तामाङले पनि अली त्यहाँ नआएको बताउनुभयो । यसरी व्यक्तिको सुरक्षा संवेदनशीलतामा असर पर्ने गरी लेखिएको काल्पनिक कथ्यलाई सप्रमाण पुष्टि गर्न (पत्रिकालाई)हामी चुनौती दिन्छाँै ।’’

अन्तरराष्ट्रिय अपराधी छुटाउन लागेको झुटो सूचना प्रसार गरी व्यक्तिको जीउज्यानको सुरक्षामा गम्भीर असर पार्ने सामग्री तयार गर्दा पत्रकारिता पेशाको सामान्य नैतिकता र नेपालकै पत्रकारहरूको आचारसंहितानुरूप सम्बन्धित व्यक्तिसँग बुझ्ने प्रयाससमेत नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘‘अलीले अभियुक्तलाई भेटेको हो÷होइन भन्ने विषयमा प्रहरी परिसरमा मुद्दा हेर्ने डिएसपी सन्तोष तामाङको आधिकारिक भनाइ पनि कथित समाचारमा उद्धृत गरिएको छैन’’, विज्ञप्तिमा भनिएको छ, ‘‘ धार्मिक आपराधिक समूहसँगको सम्पर्क रहेको अर्थ लाग्ने गरी सम्प्रेषण गरिएको झुटो समाचारले व्यक्तिको सुरक्षामा उत्पन्न हुन सक्ने परिस्थितिप्रति संवेदनशील नहुनु र पत्रकारिताको न्यूनतम आचरण निर्वाह नगर्नु यस पेशाको आधारभूत मूल्य, मान्यता र धर्मको गम्भीर उल्लङ्घन हो ।’’

यस घटनासँगै काउन्सिलका कार्यवाहक अध्यक्षमाथि कारबाही होला कि घटना यतिमै टुंगिएला भन्ने प्रश्न उठेको छ । युवा उद्यमी अलिको चरित्रहत्या गर्नेमाथि कारबाही होला कि नहोला भन्ने प्रतीक्षाको विषय बनेको छ ।

प्रकाशित : ११ जेष्ठ २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह