Logo

Banner-news

सरकारी कर्मचारीको तलब बढ्यो: तल्लो तहमा २० र माथिल्लो तहमा १८ प्रतिशत !


GDP Nepal
   १५ जेष्ठ २०७६, बुधबार


काठमाडौं । सरकारले निजामति तथा अन्य सरकारी कर्मचारीको तलब बढाएको छ ।

सरकारले राजपत्रांकित कर्मचारीको १८ प्रतिशत तथा राजपत्र अनंकित कर्मचारीको २० प्रतिशतका दरले तलब बढाएको हो । यस्तै, महँगी भत्ता भने यथावत राखिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदका दुवै सदनको संयुक्त वैठकमा आर्थिक वर्ष २०७६–७७ को आयव्यय विवरण (बजेट) प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

जेठ १५ गते अर्को आर्थिक वर्षका लागि बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । केपी ओली नेतृत्वको दुईतिहाई बहुमतको सरकारका अर्थमन्त्री खतिवडाको यो दोस्रो बजेट हो ।

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह