Logo

Banner-news

दिल्लीमा महिलालाई सार्वजनिक यातायात निःशुल्क, नेपालमा कहिले ?


GDP Nepal
   २१ जेष्ठ २०७६, मंगलबार


नयाँदिल्ली (एजेन्सी): नेपालको दक्षिणी छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा महिलाले निशुल्क सार्वजनिक यातायात सुविधा पायने छन् । दिल्लीका झण्डै १० लाख महिलालाई सार्वजनिक यातायात सेवा निःशुल्क दिल्ली सरकारले जानकारी दियो ।

राज्य सरकारले ल्याएको उक्त योजनाअन्तर्गत आगामी दुईदेखि तीन महिनाभित्रमा करिब आठ लाख ५० हजार महिलालाई सेवा दिने गरी अघि सारिएको हो ।

नयाँ दिल्लीमा सन् २०१२ मा एउटा निजी बसमा विद्यालयबाट घर फर्किरहेका समय एक छात्रामाथि सामूहिक वलात्कारपछि हत्या गरिएपछि यसलाई महिलाको सुरक्षाका दृष्टिकोणले असुरक्षित भएको महसुस गरिँदै आएको थियो । सन् २०१२ को उक्त घटनालाई लिएर भारतभर विरोध भएका थिए ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले निःशुल्क सेवा प्रदान गर्न वार्षिक एक अर्ब १५ करोड रुपैयाँ खर्च लाग्ने बताएका छन् । योजनाअन्तर्गत केही समयभित्र करिब एक लाख ५० हजार सार्वजनिक यातायातमा सीसीटीभी क्यामेरा जडान गरिनेछ जसका कारण ती यातायातका साधनमा यात्रा गर्दा उनीहरूले सुरक्षित महसुस गर्नेछन् ।

सरकारले यस कार्यक्रममा साना तथा पुराना गाडीलाई विस्थापित गरी ठूला तथा नयाँ गाडी भित्र्याउने र यसबाट दिल्लीको ट्राफिक प्रदूषणलाई पनि कटौती गर्न मद्दत पुग्ने अधिकारीहरूले बताएका छन् ।

नेपालमा भने महिलाका लागि यस्तो व्यवस्था छैन । स्थानीय र प्रदेश सरकारले यस विषयमा हालसम्म कुनै योजना नबनाए पनि आगामी दिनमा अनुशरण गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह