Logo

Banner-news

सिभिल ग्रुपले नै डुबायो सिभिल सहकारी !


GDP Nepal
   २३ जेष्ठ २०७६, बिहिबार


काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ समस्यामा परेको छ । सर्वसाधारणबाट बचत संकलन गरी नियमविपरित घरजग्गा र हाउजिङ व्यवसायमा लगानी गरेको सिभिल सहकारी तरलता संकटमा परेको हो ।

८ अर्ब १३ करोड रूपैयाँ कर्जा प्रवाह गरेको सहकारी संस्थाले नियमविपरित सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा गरी ७ अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको छ ।

यस्तै, सिभिलमा राष्ट्रिय सहकारी बैंकको समेत १४ करोड रूपैयाँ ऋण लगानी छ ।

सिभिल सहकारीले सिभिल गु्रपकै विभिन्न हाउजिङ तथा अपार्टमेन्टमा परेको लगानी फिर्ता गर्न नसक्दा संस्थामा तरलता अभाव भएको जनाइएको छ ।

बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि संस्थाले सहयोग गर्न सहकारी अभियानलाई समेत गुहारेको छ । संस्थाको समस्या र समाधानका उपायको खोजी गर्न गत मंगलबार जिल्ला सहकारी संघ काठमाडौंमा छलफल भएको थियो ।

संस्थाका संस्थापक इच्छाराज तामाङले संस्थामा तरलताको अभाव भएको भन्दै सहयोग गर्न आग्रह गरेका छन् । नयाँ सहकारी ऐनमा पनि इन्टर को–अपरेटिभ बरोइङ गर्न पाउने व्यवस्था रहेको भन्दै तामाङले अन्य सहकारीले बचत तथा लगानीमार्फत सहयोग गरिदिन आग्रह गरे।

अहिले सञ्चालकहरूबाट पैसा उठाएर बचतकर्तालाई रकम फिर्ता गरिरहेको र सबै बचतकर्ता एकैपटक आउँदा रकम फिर्ता दिन नसक्ने अवस्था आएको उनको भनाइ छ ।

संस्थाले सहकारी ऐन, नियमविपरित कम्पनी तथा घरजग्गामा लगानी गरे पनि नियामक निकायले समयमै कारवाही नगर्दा सर्वसाधारणको बचत जोखिममा परेको हो ।

संस्थाले ऋण लिदा बैंकमा दिएको धितो सार्वजनिक जग्गा भएको भन्दै उजुरी परेपछि यसबारे अख्तियारले समेत छानविन गरिरहेको छ । यसैगरी बैंकले राखेको धितोका बारेमा नेपाल राष्ट्र बैंकले समेत अनुसन्धान गरिरहेको छ ।
कारोबार दैनिकबाट

प्रकाशित : २३ जेष्ठ २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह