Logo

Banner-news

खुल्यो दूरसञ्चार प्राधिकरणको अध्यक्षमा जागिर, स्नातक पास भए आवदेन दिन योग्य


GDP Nepal
   २७ जेष्ठ २०७६, सोमबार


काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष पदका लागि दरखास्त माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकबाट आवदेन माग गरेको छ ।


दूरसञ्चार सेवासंग सम्वन्धित प्राविधिक, प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरिक्षण वा कानुनी क्षेत्रमा स्नातक गरेको व्यक्ति अध्यक्ष बन्न योग्य मानिएको छ ।

दूरसञ्चारका क्षेत्रमा न्युनतम १० वर्षको अनुभव हाँसील गरेको हुनुपर्ने र कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिरकण, बोर्ड, समिती, आयोग, प्रतिष्ठानका कर्मचारीको हकमा राजपंत्राकिंत प्रथम श्रेणी, दशौं तह वा माथिल्लो पदमा काम गरेको व्यक्ति हुनुपर्नेछ ।


नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रतिलिती, अनुभवको प्रमामपत्र, ५ पृष्ठको व्यवसायिक कार्ययोजना माग गरिएको छ । आवेदन दिने व्यक्ति विदेशी मुलुकको स्थायी आवासिय अनुमती नलिएको व्यक्ति हुनुपर्नेछ । असार ९ गते कार्यालय अवधिसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित : २७ जेष्ठ २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह