Logo

Banner-news

प्रविधिको चमत्कारः चीनमा फाइभ–जीबाटै २ सय किलोमिटर टाढाको शल्यक्रिया !


GDP Nepal
   ३० जेष्ठ २०७६, बिहिबार


बेइजिङ (एजेन्सी): फाइभ जीको उपयोगिता सम्बन्धमा विवादले अहिले अमेरिका र चीनबीच व्यापारयुद्ध जस्तै अवस्था छ । फाइभजीको क्रेडिट लिन तम्सिरहेका यी दुई मुलुकबीचको होडबाजीमा चीन एक कदम अगाडि देखिएको छ ।

चीनमा हालैमात्र फाइभ–जी नेटवर्कको सहयोगमा २ सय किलोमिटर पर बसेर चिकित्सकलाई निर्देशन दिई गल ब्लाडर (पित्ताशय) को शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । यससँगै चिकित्साको संसारमा प्रविधि क्रान्तिकारी प्रमाणित हँुदै गइरहेको देखिन्छ ।

फाइभ जीको यस्तो सफलतासँगै चीनमा मात्र नभै संसारभर हलचलको अवस्था सिर्जना भएको छ ।

चीनमा फाइभ–जी नेटवर्क सञ्चालनमा लाइसेन्स प्राप्त गरिसकेको कम्पनी चाइना मोबाइलको सहयोगमा गत साता उत्तरी चीनको हुवेइ प्रान्तमा यस्तो शल्यक्रिया गरिएको हो । करिब १ घन्टामै यो शल्यक्रिया सम्पन्न गरिएको समाचारहरुमा जनाइएको छ ।

यो अवधिमा पूरै व्यवस्थालाई फाइभ–जी नेटवर्कसँग जोडिएको थियो ।
यो शल्यक्रिया ताहे अस्पतालको सेनोङगजियाको शाखामा गरिएको थियो । त्यहाँबाट यसुको लाइभ फिड (प्रत्यक्ष प्रसारण) शियान सहरस्थित शाखामा बसेका विशेषज्ञसामु पठाइएको थियो ।

फाइभ–जी प्रविधिको तीव गतिको सहयोगमा दुवैतर्पmका चिकित्सक एक–अर्कासँग बिनाकुनै अवरोध सम्पर्क गरिरहेका थिए ।

चाइना मोबाइलका अधिकारी गुई कनपेङले भने, “फाइभ–जी प्रविधिमा नरोकीकन फोटो तथा भिडियो आदान–प्रदान सुनिश्चित हुन्छ । यसको सहयोगबाट कुनै जटिल शल्यक्रियाको अवस्थामा टाढा–टाढा बसेर चिकित्सकसँग मिलेर आफ्नो विशेषज्ञताको प्रयोग गर्न सकिन्छ ।”

यता, मनोरञ्जन, परिवहन तथा स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्रमा बढेको मागलाई मध्यनजर गर्दै चीनले फाइभ–जी नेटवर्क विस्तार गर्ने प्रयास गरिरहेको छ ।

प्रकाशित : ३० जेष्ठ २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह