Logo

Banner-news

धनाढ्यको अचम्मको शोखः बिल गेट्स र वारेन बफेट रेस्टुराँका ‘वेटर’ !


GDP Nepal
   ३१ जेष्ठ २०७६, शुक्रबार


अमेरिका (एजेन्सी): धनी मानिसको शोख पनि अचम्मको हुन्छ । उनीहरु सामान्यभन्दा पनि सामान्य मानिसले गर्ने काम गरेर रमाइलो गर्छन् । यस्तै रमाइलो गरेका छन्– बिल गेट्स र वारेन बफेटले ।

विश्वकै यी दुई ठूला धनीले एउटा रेस्टुराँमा वेटर भएर काम गरेको सुन्दा सबैलाई आश्चर्य लागेको छ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र बर्कशायर हाथवेका अध्यक्ष वारेन बफेटले आइसक्रिम तथा फास्ट फुड रेस्टुराँ डेरी क्विनमा कर्मचारीका रूपमा काम गरेका छन् ।

बिल गेट्स र वारेन बफेट

गेट्सले गत मंगलबार आपूmले गरेको यो कामको भिडियो सार्वजनिक गरेका हुन् ।

गेट्स र बफेटले कर्मचारीको जस्तै एप्रोन तथा नेमप्लेट लगाएर मिल्कसेक बनाएका छन् । उनीहरूले आइसक्रिम सर्भ गरे र क्यास काउन्टर पनि सम्हालेका छन् ।

सर्भिसको समयमा उनीहरू ग्राहकसँग ठट्टा गरेको पनि देखिएको छ । आपूmले बफेटको तुलनामा मिल्कसेक बनाउन चाँडो सिकेको गेट्सले बताए ।

गत महिना ओमाहामा बर्कसायरका सेयरधनीको वार्षिक बैठकमा समय निकालेर बफेट तथा गेट्सले केही फरक काम गर्ने इच्छा व्यक्त गरेका थिए । दुवैले डेरी क्विन रेस्टुराँमा पुगेर लन्च लिए र त्यहाँ कामको तालिम पनि लिएका थिए ।

बफेट डेरी क्विन रेस्टुराँ चेनका मालिक पनि हुन् । उनको कम्पनी बर्कशायर हाथवेले १९९८ मा उक्त रेस्टुराँ खरिद गरेको थियो ।

बिल गेट्स विश्वकै दोस्रा धनी व्यक्ति हुन् । उनी डलर खर्बपति हुन् । उनको सम्पत्ति १ सय २ अर्ब डलर रहेको छ । बफेट विश्वकै चौथो धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति ८३.४ अर्ब डलर छ । दुवै ठूला दानवीर पनि हुन् ।


बफेट, बिल गेट्स तथा मेलिन्दा गेट्सले २०१० मा गिभिङ प्लेजको काम सुरु गरेका थिए । यसको माध्यमबाट उनीहरुले विश्वका अन्य धनीहरूलाई पनि परोपकारी कामका लागि प्रेरित गर्दै आएका छन् ।

प्रकाशित : ३१ जेष्ठ २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह