Logo

कर्पोरेट-बजार

१४ औं सामसङ डिजिटल प्लाजा बुटवलमा !


GDP Nepal
   ३२ जेष्ठ २०७६, शनिबार


बुटवल । सामसङ इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औं सामसङ डिजिटल प्लाजा बुटवलमा बिहीबारदेखि शुभारम्भ भएको छ ।
यो सामसङ डिजिटल प्लाजाले सामसङका विश्वस्तरीय उत्पादनहरु टि.भि., मोवाइललगायतका सामसङका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ ।

सामसङ डिजिटल प्लाजा उद्घाटन गर्दै हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छा

बजारमा उच्च स्तरीय सामसङका सामानहरुको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्ससँग सहकार्य गरेको हो ।

नयाँ शोरुम उद्घाटनको अवसरमा भगवती मल्टि सप्लायर्सका प्रोप्राइटर शिखर थापा र सपन पाण्डेयले भने– हामी विश्वकै अग्रणी ग्लोवल ब्राण्डसँग जोडिन पाएकोमा र यहाँ सुरुवातमै ग्राहकहरुले दिनुभएको प्रतिक्रियाले हामी हर्षित भएका छौँ ।

बुटवलकोे व्यस्त बजारमा खुलेको नयाँ शो–रुमबाट ग्राहक महानुभावहरुले नयाँ अनुभव गर्ने र आफुहरुले राम्रो ग्राहक सेवा दिने प्रतिबद्धता उनीहरुको छ । दुबै प्रोपराइटरहरु भन्छन्– हामीले दिने सेवाले बुटवल र बुटवललाई व्यवसायीक केन्द्र बनाउनुहुने ग्राहकको हृदय जित्ने कुरामा विश्वस्त छौँ ।

नेपालको इलेक्ट्रोनिक्स व्यवसायमा हिम बिगत ३० वर्षदेखि अग्रणी कम्पनीको रुपमा रहँदै आएको छ । हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट सेवा र सुविधा दिन निरन्तर लगानी बढाउँदै लगेको छ ।

प्रकाशित : ३२ जेष्ठ २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह