Logo

Banner-news

कर्मचारी आन्दोलनले तल्लो मोदी ठप्प, स्वतः स्थायी र जनही २० लाखको माग !


GDP Nepal
   १ असार २०७६, आइतबार


काठमाडौं । पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनाको काम १२ दिनदेखि ठप्प बनेको छ । कर्मचारी तथा मजदुर आन्दोलनका कारण परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनाको कामै रोकिएको जनाइएको छ ।

निर्माण कार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने र उपदान दिनुपर्ने लगायतका माग राखेर तालाबन्दी गरेपछि जेठ २० गतेदेखि निर्माण ठप्प बनेको हो ।

निर्माण कार्य रोकिएपछि असार पहिलो साता परीक्षण उत्पादन गर्ने तयारीमा रहेको जलविद्युत् आयोजनाको उत्पादन मिति पर धकेलिएको छ ।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेड र कर्मचारीबीचमा भएका पटक–पटकका वार्ता असफल भएपछि निर्माण कार्य अबरुद्ध भएको छ । आयोजनामा कार्यरत ४० जना कर्मचारीले स्वतः स्थायी हुनुपर्ने र स्थायी नहुने तथा जागिर छाड्न चाहने कर्मचारीलाई एकमुष्ठ २० लाख उपदान स्वरूप रकम दिनुपर्ने माग राखेका छन् ।

तर, आयोजनाका सञ्चालकहरू भने निर्माणको समयमा ठेकदार कम्पनीमा कार्यरत कर्मचारीले निर्माण कार्य सकिएपछि स्वतः अवकाशमा जाने अवस्थामा अनावश्यक दबाब दिएको भन्दै कर्मचारीका माग पुरा गर्न अस्वीकार गर्दै आएको छ ।

सुरुमा आयोजनाको प्रबद्र्धक मनाङ टे«ड प्रालिबाट नियुक्त कर्मचारीहरू आयोजनाको काम ठेक्कामा दिएपछि कर्मचारी पनि निर्माण कम्पनीकै जिम्मामा गएका थिए । आयोजनाको विद्युत्गृह, हेववक्र्सलगायतका संरचना बनाउन आशिष÷फेवा÷नयाँ बाटो तथा सुरुङ निर्माणको काम साउथ एसियन इन्फ्रास्टक्चर प्रालिले जिम्मा लिएका थिए ।

निर्माण कम्पनीहरूले काम सकेर आयोजनालाई जिम्मा लगाएपछि कर्मचारीहरूले स्थायी गर्नुपर्ने मागसहित आन्दोलनमा छन् । “हामीलाई स्थायी गर्ने कुरामा पटक–पटक झुटो आश्वासन दिएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको हो,” कर्मचारी सौरभ पौडेलले भने, “स्थायी गर्ने कुरा र उपदान दिने विषयमा सकारात्मक देखिएमा बसेर छलफल गरि निर्माण सुचारु गराउन तयार छौं ।”

कर्मचारीले यस अघि जेठको ८ गते देखि १२ गतेसम्म पनि तालाबन्दी र काम ठप्प पारेका थिए । तर २० गतेपछि समस्या समाधान गर्ने सहमतिमा खुलेको थियो ।
कर्मचारीले कुस्मा नगरपालिका–७ स्थित कार्यालयमा गरेको तालाबन्दी र विद्युत्गृहमा लगाएको ताला स्थानीय प्रशासनको पहलमा खुले पनि सुरुङ मर्मतको काम सुचारु भएको छैन । आयोजनाका प्रमुख पवनकुमार यादव भने निर्माण कम्पनीमा हस्तान्तरण भएका कामदारलाई स्वतः स्थायी गर्न र अवकासका लागि उपदान रकम दिन असमर्थ रहेको बताउँछन् ।

“हामीले निर्माण कम्पनीमा हस्तान्तरण गरेका कर्मचारी काम सकिएपछि स्वतः अवकाश हुन्छन्,” आयोजना प्रमुख यादवले भने, “विद्युत उत्पादन पछि नयाँ विज्ञापन गरेर स्थायी गर्ने प्रकृया सुरु गर्छौं ।”

निर्माण कम्पनीका अन्यत्र आयोजनाहरूमा काम भइरहेका कारण उनीहरूलाई त्यही साइटमा सिफ्ट गर्नुपर्ने धारणा सञ्चालकहरूको रहेको उनले बताए ।

पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले दुबै पक्षलाई सहमतिको लागि लचिलो विकल्पसहित उपस्थित हुन आग्रह गरिएको बताइन । “समस्या समाधान गरेर निर्माण सुचारु गराउनका लागि आन्दोलनरत पक्ष र व्यवस्थापनलाई विकल्पसहित उपस्थित हुन भनिएको छ,” उनले भनिन्, “विकल्पसहित उपस्थित भएपछि समस्या समाधान गरेर काम सुचारु गराउन पहल गर्छौं ।”

निजी क्षेत्रको मोर्दी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट चुहिएपछि मर्मतको काम भइरहेको हो ।

कुस्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको ४ हजार २ सय मिटर लामो टनेलको बीचबीचमा कमजोर भूभाग भेटिएको थियो । बन्दका कारण मर्मतको काम रोकिएको छ । २०६९ साउनमा निर्माण सुरु आयोजनाको उत्पादन लक्ष्य ०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो ।

प्रकाशित : १ असार २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह