Logo

Banner-news

घुमफिरमा जाँदै हुनुहुन्छ ? ट्राभल एजेन्सीलाई अब अनलाइनबाटै भुक्तानी गर्नुस् !


GDP Nepal
   १ असार २०७६, आइतबार


काठमाडौं । तपाइँ कतै घुम्न जाँदै हुनुहुन्छ ? हुनुहुन्छ भने घुमफिर प्याकेजको भुक्तानी अब सिधै अनलाइनबाट गर्न सक्नुहुनेछ ।

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाट्टा) र नेपाल क्लियरिङ हाउसबीच नाट्टाका सदस्य ट्राभल एजेन्टहरु र तीनका ग्राहकले सोझै बैंक खाताबाट अनलाइन भुक्तानी गर्न मिल्ने भुक्तानी प्रणालीहरुको व्यवस्था गर्ने सम्झौता भएको छ । यस्तो समझदारीमा नाट्टा अध्यक्ष सि।एन। पाण्डे तथा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

नाट्टा सचिवालयमा सम्झौतापत्रमा हस्ताक्षर हुँदै

साझेदारीअन्तर्गत नाट्टाका सदस्य ट्राभल एजेन्टहरुले कनेक्ट आईपीएस इ पेमेन्ट प्रणालीको पेमेन्ट गेटवे आफ्नो वेबसाइटमा इन्टिग्रेट गरी ग्राहकहरुले सोझै अनलाईनबाट विभिन्न ट्राभल सेवाहरुका भुक्तानी गर्न सक्ने छन् ।

ग्राहकहरुले आफ्नो बैंक खाताबाट ट्राभल एजेन्टहरुलाई www.connectips.com अथवा यसको मोबाईल एप्स्को प्रयोग गरी अथवा आबद्ध ४९ बैंक तथा वित्तिय संस्थाहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् । उक्त प्रणाली प्रयोग गरी आफ्ना सदस्य ट्राभल एजेन्टहरुको भुक्तानी कारोबारहरुलाई सहजीकरण गर्नुका साथै नाट्टालाई गर्नु पर्ने वार्षिक एवं अन्य सदस्यता शुल्कहरुको भुक्तानीहरु पनि यसै अनलाईन प्रणालीबाट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताले पर्यटन क्षेत्रमा लागेका नेपाल भरीका ट्राभल तथा टूर एजेन्टन्सहरुको भुक्तानी तथा नगदप्रवाहमा मद्दत पुग्नुका साथै तीनका ग्राहकलाई अनलाईन भुक्तानी गर्न थप सहज हुने विश्वास दुबै संस्थाहरुले लिएका छन् ।

नाट्टाको पचास बर्षको स्थापनाकालदेखि नै पर्यटन क्षेœाको विकास र नेपालको ट्राभल बिजिनेस विस्तार सम्बन्धी कार्यहरु गर्न विषेश ध्यान पुर्याउँदै आफ्ना सदस्य ट्राभल एजेन्टहरुलाई विभिन्न तवरबाट टेवा तथा मद्दत पुर्याउँदै आइरहेको छ ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ हाउस लिमिटेडले हालसम्मविद्युतीय माध्यमबाट चेकको राफसाफगर्ने प्रणाली, अन्तरबैंक विद्युतीयभुक्तानी प्रणाली र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीयभुक्तानीगर्न सकिने कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली लागू गरी सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : १ असार २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह