Logo

Banner-news

नेपालमाथि चीनको हस्तक्षेपः चिनियाँ भाषा पढाउने शिक्षकको तलब बेहोर्दै !


GDP Nepal
   १ असार २०७६, आइतबार


बेइजिङ (एजेन्सी) । नेपालमा उत्तरी छिमेकी चीनको प्रभाव बढ्दो छ । भारतसँग भाषा र संस्कृति मिल्ने नेपालमा चीनले आफ्नो साँष्कृतिक प्रभावसमेत बढाउन खोजेको देखिन्छ ।

चीनले अब नेपालका निजी विद्यालयले चिनियाँ भाषा पढाए शिक्षकको तलब चीन आपैmंले बेहोर्ने बताएको छ । चीनको यस किसिमको घोषणापछि नेपालको कैयौ निजी विद्यालयले विद्यार्थीलाई चिनियाँ भाषा सिक्नका लागि अनिवार्य नै गरिसकेको भारतको अमर उजालाको अनलाइन संस्करणले जनाएको छ ।

यसको बदलामा चीनले शिक्षकलाई तलब दिनेछ । यद्यपि यो विषयमा नेपाल सरकारले विद्यालयसँग कुनै विषय अनिवार्य गर्ने अधिकार नभएको जनाएको छ ।
शिक्षकलाई तलब काठमाडौंस्थित चिनियाँ दूतावासद्वारा दिने प्रस्ताव गरिएपछि को समयमा यो पैmसला गरिएको हो ।

नेपालका कयाँै निजी विद्यालयका प्रधानाध्यापक तथा कर्मचारीले चिनियाँ भाषा (मन्डारियन) पहिलेदेखि नै विद्यालयमा पढाइँदै आएको बताएका छन् । चिनियाँ भाषाका शिक्षकको तलब काठमाडौंमा रहेको चिनियाँ दूतावसबाट दिइने छ ।

एलआरआई स्कुलका संस्थापक शिवराज पन्तका अनुसार पोखरा, धुलिखेल तथा देशका केही ठाउँमा रहेका निजी विद्यालयमा चिनियाँ भाषा विद्यार्थीका लागि अनिवार्य गरिसकिएको छ ।

यसैगरी युनाइटेड स्कुलका प्रधानाध्यापक कुलदीप एनका अनुसार आपूmहरूले दुई वर्षअगावै चिनियाँ भाषालाई अनिवार्य विषयको रुपमा लागू गरिएको बताए ।

चिनियाँ दूतावासले आपूmहरुलाई यसका लागि सित्तंैमा शिक्षक उपलब्ध गराएको बताए ।
शुभतारा स्कुलका प्रधानाध्यापकले भने, “बालबालिकालाई पनि आफ्नो रुचिको विषय पढ्ने अधिकार छ । यदि कोही जापानी वा जर्मन पढाउन चाहन्छन् भने हामी त्यसको पनि स्वागत गर्छौं ।”

प्रकाशित : १ असार २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह