Logo

Banner-news

वित्तीय संस्थाका कर्मचारी तानातान रोक्न यस्तो सुझाव, ३ महिनाको तलब क्षतिपूर्ति दिइनुपर्ने


GDP Nepal
   ७ असार २०७६, शनिबार


काठमाडौं । नेपाल वित्त कम्पनी संघले समान तहको संस्थामा मात्र कुलिङ पिरियड लागु गर्न माग गरेको छ । मौद्रिक नीतिका सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिँदै संघले यस्तो माग गरेको हो ।

संघले कर्मचारीले संस्था छाड्ने प्रवृत्ति तथा कम्पनीहरुबीच कर्मचारी तान्ने प्रतिस्पर्धा रोक्न नीतिगत व्यवस्थाको माग गरेको छ । एउटा कम्पनीले लगानी गरेर योग्य बनाएको कर्मचारीलाई अर्को कम्पनीले लैजान चाहेमा ३ महिनाको तलब बराबर रकम बुझाउनुपर्ने संघको माग छ ।

संघद्वारा पेश गरिएको सुझावमा भनिएको छ– आगामी मौद्रिक नीतिमार्फत कुनै पनि बैंक वित्तीय संस्थाबाट अर्को बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई नियुक्त गर्दा पहिलेको संस्थामा सो कर्मचारीलाई वैयक्तिक विकासका लागि गरिएको खर्चलगायत सो कर्मचारीले खाइपाइ आएको तलबको ३ महिना बराबरको रकम बुझाएपछि मात्र अर्को बैंक तथा वित्तीय संस्थाले उपरोक्त कर्मचारीहरू आफ्नो संस्थामा आवद्ध गर्न सकिने व्यवस्था गर्न सकेमा अप्राकृतिक रूपमा एकपछि अर्को बैंक तथा वित्तीय संस्था हँुदै माथिल्लो तहमा बढोत्तरी हुदै जाने तर कार्यानुभव कम रहन गइ आउन सक्ने सञ्चालन जोखिममा कमी ल्याउन सरल हुनेछ ।

यस्तै, कुनै कर्मचारीले कुनै बैंक तथा वित्तीय संस्थामा राजीनामा दिई राजीनामा स्वीकृत भएपछि कम्तीमा दुई महिना व्यतित नभै कुनै बैंक तथा वित्तीय संस्थामा कर्मचारी भर्ना गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई रोक लगाउन एसोसिएसनले सुझाव दिएको छ ।

प्रकाशित : ७ असार २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह