Logo

Banner-news

मर्दी पदमार्गमा आफूखुसी होटलः ११ वटा बन्द गरिँदै, व्यवसायीको करोडौं डुब्ने !


GDP Nepal
   ८ असार २०७६, आइतबार


काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा जथाभावी होटल खोल्ने क्रम बढेको छ । अनुमति नै नलिइ खुलेका यस्ता होटलमाथि नियन्त्रण जरुरी रहेको भन्दै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए–क्याप) ले बल्ल अनुगमन र नियमन सुरु गरेको छ ।

डुडखर्कदेखि फेरेसक्याम्प, बादल डाँडा, हाइक्याम्प (भ्यू प्वाइन्ट) सम्मको क्षेत्रमा विगत दुई वर्षदेखि अवैधानिक होटल तथा रेस्टुराँ निर्माण भएका छन् ।

यसरी अवैध रुपमा खुलेका केही होटल तथा रेष्टुरेन्ट बन्द गराउन लागिएको छ । कास्कीको मर्दी हिमालको पदमार्गमा अवैधानिक रूपमा सञ्चालन भएका ११ वटा होटल तथा रेस्टुराँहरू बन्द गर्ने तयारी भएको जनाइएको छ ।

पटक–पटक सार्वजनिक जग्गामा होटल तथा रेस्टुराँ नबनाउन आग्रह गर्दा पनि अटेर गर्दै बनाइएका होटल तथा रेष्टुरेन्टका संरचना बन्द गराउने जनाइएको छ ।

मर्दी पदमार्गमा पर्यटक


ए–क्यापका अनुसार मर्दी हिमाल पदयात्रामा पर्ने खिमबहादुर तामाङ, अमृत तामाङ, यामबहादुर तामाङ, सुकबहादुर तामाङ, धनबहादुर तामाङ, यामबहादुर तामाङ, शिवलाल गौतम, रोशन गुरुङ, देविलाल भण्डारी, सुदीप ढुंगाना र हरिबहादुर क्षेत्रीका होटल बन्द हुनेछन् ।

अवैध रुपमा खुलेका होटल तथा रेस्टुराँ ए–क्यापले बन्द गराइ जफत गर्ने भएको छ ।
ए–क्याप पोखराका प्रमुख राजकुमार गुरुङले मर्दी हिमालको पदमार्गमा हाल ९ वटा होटल तथा रेस्टुराँहरूले मात्र ए–क्यापसँग अनुमति लियर सञ्चालन गरेको अन्यथा सबै अवैध रूपमा सञ्चालन भएको बताए ।

पदमार्गका डुड खर्क, फोरेस क्याम्प, लो क्याम्प र हाइ क्याम्पमा कम्तीमा साढे दुई घण्टा पैदलको क्षेत्रमा होटल तथा रेस्टुराँहरू निर्माण गर्ने कार्यविधि छ ।

स्थानीय व्यवसायीका अनुसार यसरी अवैध रुपमा होटल सञ्चालन गर्नेहरुले ५० लाखदेखि ६५ लाखसम्म लगानी गरेका छन् ।
मर्दी हिमालमा सिजनमा दैनिक ५ सयभन्दा बढी पर्यटक जाने गरेका छन् ।

प्रकाशित : ८ असार २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह