Logo

Banner-news

एक वर्षमा कति सडक पिच भयो? मन्त्री भन्छन्-१ हजार, प्रधानमन्त्री-८ सय, राष्ट्रपति-१६०० किमी


GDP Nepal
   ११ असार २०७६, बुधबार


काठमाडौं । नेपालमा गत एक वर्षमा कति सडक कालोपत्रे भयो ? सरकारका तीन जिम्मेवार पदाधिकारीले पेश गरेको तथ्यांक भने फरक हुँदा सर्वसाधारण अन्योलमा परेका छन् ।

देशवासीका नाउँमा सम्बोधन गर्दै गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले १ वर्षमै ८ सय किलोमिटर सडक पिच भएको दाबी गरे । प्रधानमन्त्रीको दाबीलाई अपत्यारिलो भन्दै चर्चा भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख तेस्रो साता संसदमा भनिन् कि गत एक वर्षमा १ हजार ६ सय किलोमिटर सडक पिच भएको छ । यद्यपि, राष्ट्रपतिले सरकारले पेश गरेको तथ्यांकलाई वाचनमात्रै गरेकी हुन् ।

प्रतिनिधिसभाबाट बजेट पारित भएको भोलिपल्ट विभागीय मन्त्रीले भने अर्को तथ्यांक सार्वजनिक गरेका छन् । रिपोर्टर्स क्लबमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले एक वर्षमा १ हजार किलोमिटर सडक पिच गरेको र यो ऐतिहासिक उपलब्धि भएको दावी गरे ।

सरकारले एक वर्षमा १ हजार किलोमिटर सडक पिच गरेको, १ हजार ५्र सय किलोमिटर सडक ग्राभेल गरेको र १५ किलोमिटर नै नयाँ ट्रयाक खोलेको पनि उनले सुनाए । उनले भने, ‘एक वर्षमा ईतिहासमा कुनै पनि सरकारले ८ सय किलोमिटर सडक पिच गरेको थिएन । हामीले गरेर देखाएका छौं ।’

प्रकाशित : ११ असार २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह