Logo

Banner-news

हेलम्बुमा ६० किलोमिटर लामो पर्यटकीय पर्खाल, ९६ करोड लागत !


GDP Nepal
   १२ असार २०७६, बिहिबार


काठमाडौं । काठमाडौंसँग जोडिएको जिल्ला सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा नेपालकै लामो पर्खाल निर्माण हुने भएको छ । ९६ करोड खर्चेर हेलम्बुमा ६० किलोमिटर लामो पर्यटकीय पर्खाल निर्माण हुने भएको हो ।

पर्खालले हेलम्बुलाई घेर्ने योजना छ । जसको उद्देश्य भने पर्यटन मार्ग बनाउनु हो । गाउँपालिकका अनुसार हेलम्बुको डाँडाकाँडामा रहने यो ग्रेड ट्रेलबाट हिमाल अवलोकनमा साथै यहाँ पाइने वन्यजन्तु देख्न सकिन्छ ।

ट्रेलबाट लोपोन्मुख वन्यजन्तु रेडपान्डासमेत देख्न सकिनेछ । पदमार्गलाई हेलम्बु हिमालयन ग्रेट ट्रेल नामाकरण गरिएको छ । हेलम्बुु–१ बुद्घपार्कबाट सुरु भइ समुन्द्री सतहबाट २५ सय उचाईमा पर्ने सेर्माथाङ हुँदै लैजाने गुरुयोजना छ ।

ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दुवाङ्गगुफा, सेमीसिदाङ्ग, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुने जनाइएको छ ।

गाउँपालिकाले हालसम्म १० किलोमिटरको मात्र विस्तृत परियोजना प्रतिवेदन बनाएर काम सुरु गरेको छ ।

हेलम्बु पर्खाल

प्रकाशित : १२ असार २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह