Logo

Banner-news

पोखरामा ठूला विमानलाई अवरोध गर्ने रिठ्ठेपानी डाँडा धमाधम काटिँदै


GDP Nepal
   २२ असार २०७६, आइतबार


पोखरा । पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ४२ प्रतिशत पूरा भएको छ । विमानस्थलको भौतिक निर्माणसँगै हवाई मार्गमा पर्ने डाँडो कटान पनि सुरु भएको छ ।

हवाई मार्गमा पर्ने रिठ्ठेपानीको डाँडा कटान सुरु गरिएको हो । आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार स्थानीय व्यवसायीहरूले पोखरा महानगरपालिकासँगको सहकार्यमा उक्त डाँडा कटानको कार्य सुरु गरेका हुन् ।

विमान उडानमा असर गर्ने भएकोले उक्त डाँडा कटान गर्न विज्ञको टोलीले सुझाव दिएको थियो । पहिलो चरणमा ३० मिटरको भाग कटाउनका लागि स्थानीयलाई आफूहरूले अनुमति दिएको उनले जनाए ।
उनका अनुसार स्थानीय जग्गाधनीहरूले उक्त डाँडा आफैं कटान गरिरहेका छन् भने त्यहाँ निस्कने ढुंगा माटो पनि उनीहरूले आफैं व्यवस्थापन गर्नेछन् ।

स्थानीय २२ जना व्यक्तिहरूले पोखरा महानगरबाट १० लाख ५० हजार घनमिटर माटो निकाल्ने अनुमति लिएका छन् । स्थानीयको करिब ९० रोपनी जग्गा कटान क्षेत्रभित्र पर्छ ।

उक्त डाँडामा सार्वजनिक वन जगंल करिब १ सय ५० रोपनी क्षेत्रफल कटान गर्नुपर्ने देखिएको छ ।

विमानस्थलको हालसम्म करिब ४२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । रनवे, ट्याक्सी वेलगायतका भौतिक संरचना निर्माण कार्य सकिएसँगै टर्मिनल भवनको फाउन्डेसनको काम सकिएकोले अब स्टिल स्ट्याक्चरको काम बाँकी छ ।

धावनमार्ग २ हजार ५ सय मिटर लम्वाई र ४५ मिटरको चौडाइमा छ । करिब २२ अर्बको लगानीमा सन् २०२१ जुलाइ १० भित्र सक्ने लक्ष्य छ ।

प्रकाशित : २२ असार २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह