Logo

Banner-news

भ्रामक समाचार नियन्त्रणका लागि २ अर्ब ४७ करोड बजेट !


GDP Nepal
   २३ असार २०७६, सोमबार


लण्डन । संयुक्त राष्ट्रसङ्घले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको छ । नेपालको विनिमयदरअनुसार यो २ अर्ब ४७ करोड रुपैयाँ बराबर हो ।

बजेटले पश्चिमी बाल्कन क्षेत्रमा झुटा समाचार प्रकाशनमा नियमन गर्ने र स्वतन्त्र सञ्चारमाध्यमलाई मजबुत गरिने बताइएको छ ।

उक्त बजेट द्वन्द्व, स्थिरता र सुरक्षा कोषबाट लिई आगामी तीन बर्षमा खर्च गरिने पनि बेलायती अधिकारीले बताएका छन् ।

“विश्वका जम्म १० प्रतिशत सञ्चारमाध्यमले स्वतन्त्र सञ्चारमाध्यममा पहँुच राख्ने गरेकाले भ्रामक तथा गलत समाचारले समाजमा भ्रम छर्ने र यसका कारण समाजको अवमूल्यन हुनुका साथै समाजमा अस्थिरता निम्त्याउने गरेको देखिएको छ, ” बेलायती विदेशमन्त्री जेरमी हन्टलाई उद्धृत गरी जारी गरिएको सरकारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

“कोषले केही दबिएका समुदायका बारेमा लेख्ने पत्रकारलाई सहयोग गर्ने र भ्रामक तथा तथ्यहीन समाचारलाई हतोत्साहित गर्ने छ,” उनले बताए ।

सार्वजनिक विज्ञप्तिमा खासगरी सालिसबरी घटनापछि बेलायतले भ्रामक समाचारविरोधि अभियानलाई विश्वव्यापी बनाएको जनाइएको छ ।

बेलायतले यसै हप्ता सञ्चारमाध्यमको स्वतन्त्रताका लागि विश्वव्यापी सम्मेलनको आयोजना गरेको केही दिन पछि भ्रामक समाचार विरोधी अभियानका लागि नयाँ व्यवस्था भएको हो ।

प्याकेज पूवी यूरोप तथा मध्य एशियामा स्वतन्त्र सञ्चारमाध्यमका लागि भ्रामक सूचना प्रवाहलाई रोक्ने पाँच बर्षे अभियानस्वरूप ल्याइएको हो ।

प्रकाशित : २३ असार २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह