Logo

बैंक / बिमा /शेयर

आगलागी पीडितको उपचार र पुनर्स्थापनाका लागि नबिल बैंकको १ लाख सहयोग


GDP Nepal
   २४ असार २०७६, मंगलबार


काठमाडौं । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बन्र्स्भायोलेन्स् सरभाईभरस् नेपाल (बीभीएस नेपाल)लाई १ लाख रुपैयाँ वरावरको आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम आगलागीबाट पीडित बिरामीहरुको उपचार, आहार बिहार, परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिने जनाइएको छ ।

बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल आगलागीबाट हुने हिंसा÷दुर्घटनाका उत्पीडित बिरामीहरुको सुरक्षा, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासको कामहरुमा समर्पित रहदै आएको संस्था हो । स्थापना भएको समयदेखी बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपालले ५१० भन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा, सर्जिकल र पुनर्स्थापनामा सहयोग उपलब्ध गराएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले उक्त रकम बीभीएस नेपाललाई हस्तान्तरण गंर्दै यस्तो पवित्र सेवामा सहभागि हुन पाएकोमा सन्तुष्टी व्यक्त गरे ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला आदि विभिन्न सामाजिक कल्याणका क्षेत्रमा निरन्तर रुपमा सहयोग प्रदान गरी अझ बढी प्रतिवद्धताका साथ लागि पर्ने जनाएको छ ।

प्रकाशित : २४ असार २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह