Logo

बैंक / बिमा /शेयर

ज्योति लाइफ इन्स्योरेन्सका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट


GDP Nepal
   २४ असार २०७६, मंगलबार


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले बुद्ध एयरसँग साझेदारीसम्बन्धी सम्झौता सम्पन्न गरेको छ । सम्झौताअनुसार ज्योति लाइफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीले बुद्ध एयरको टिकटमा विशेष छुट प्राप्त गर्नेछन् ।

ज्योतिका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीलगायतलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहकहरुले बुद्ध एयरको बिक्री काउन्टरबाट टिकट खरिद गर्दा विशेष प्राथमिकता तथा छुट प्राप्त गर्ने सम्झौतामा उल्लेख छ । यस सम्झौताले कम्पनीसँग आबद्ध सम्पूर्ण महानुभावहरुले नेपालको उत्कृष्ट हवाइ सेवाप्रदायक कम्पनीबाट प्रदान हुने सेवाबाट थप लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतापत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र बुद्ध एयरका बिक्री तथा बजारीकरण विभागका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरे ।

प्रकाशित : २४ असार २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह