Logo

Banner-news

स्वावलम्बन लघुवित्तद्वारा ऋणीको गोठबाट भैंसी नै जफत !


GDP Nepal
   २४ असार २०७६, मंगलबार


जुम्ला । लघुवित्त संस्थाहरुको सेयरबाट मनग्ये आम्दानी गरिरहेकाहरुलाई यस्ता संस्थाले कसरी काम गर्छन् भन्ने जानकारी नहोला । चर्को ब्याजमा लगानी गर्ने लघुवित्तहरुले किसानलाई कसरी दुःख दिइरहेका छन् भन्ने उदाहरण स्वावलम्बन लघुवित्त विकास बैंकको जुम्ला कार्यालयको एक उदाहरणले प्रष्ट हुन्छ ।

जुम्लाको चन्दननाथ नगरपालिका– ७ मिचागाउँका दत्त सार्कीको स्वावलम्बन बैँकबाट गत वर्ष भैंसीपालनका लागि ८० हजार रुपैयाँ ऋण लिए । सार्कीले श्रीमतीको नाममा २०७५ भदौ १० गते स्वावलम्बनको जुम्ला शाखाबाट ८० हजार रुपैयाँ ऋण लिएका हुन् ।

वार्षिक १८ प्रतिशत व्याजदरमा ऋण लिएका सार्कीले ६ महिनाको अवधिमा झण्डै ४० हजार ऋण चुक्ता गरिसकेका थिए । भैंसी पालेर दूध बेच्ने केही कमाउने, ऋण तिर्ने परिवार चलाउने आशा उनको थियो ।

तर, भैंसीले दूधै दिन छोड्यो र उनको आम्दानी भएन । ८० हजारको बाँकी किस्ता तिर्ने अवस्था नभएपछि निकै चिन्तित थिए । ६ महिनापछिको किस्ता तिर्न बैंकले ताकेता दियो ।

किस्ता तिर्न ढिलो गरेको भन्दै स्वावलम्बन बैंकले दत्त सार्कीको भैंसी नै जफत गरेर लगेको छ । ६ महिनामा आधा रकम तिरेका उनले ४५ हजार रुपैयाँ ऋण चुक्ता गर्न बाँकी थियो ।

प्रकाशित : २४ असार २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह