Logo

Banner-news

निजगढ एयरपोर्टः वार्षिक ३० अर्ब खर्चिए ५ वर्षमै तयार, १० हजारमात्रै रुख काट्नुपर्ने !


GDP Nepal
   २५ असार २०७६, बुधबार


बारा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको महत्वपूर्ण समयमा नेतृत्व लिएका इञ्जिनियर ओम शर्माले न्यून लागत र कम वातावरणीय क्षतिमा निजगढ विमानस्थल निर्माणको प्रस्ताव गरेका छन् ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुखसमेत रहेका शर्माले १ खर्ब १० अर्ब लागतमा पहिलो चरणको काम सम्पन्न गर्ने र त्यसका लागि वार्षिक ३० अर्बमात्र बजेट विनियोजन गर्नसके पुग्ने सुझाव दिएका छन् । उनले यो मोडालिटी नागरिक उड्डयन प्राधिकरणमा पनि पेश गरेका छन् ।

वातावरणीय मुद्दाको चपेटामा परेको विमानस्थल निर्माणका लागि पहिलो चरणमा जम्मा १० हजार मात्रै रुख काटे निर्माण सम्भव रहेको उनको कार्ययोजनामा उल्लेख छ । पहिलो चरणमा पाँच वर्षभित्र एउटा धावनमार्ग र टर्मिनल भवनलगायतका संरचना बनाएर विमानस्थल सञ्चालनमा ल्याउन सकिन्छ ।

पहिलो चरणमा टाँगिया बस्ती स्थानान्तरण र १० हजार रुख काटेर एउटा धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवन, जहाज पार्किङ, प्रवेश मार्ग, गाडी पार्किङ, एउटा कार्गो भवन, फायर स्टेसन, फ्यूलमार्ग, राडारलगायतका संरचना यति बजेटबाटै निर्माण हुने शर्माको अवधारणमा उल्लेख छ ।

दोस्रो चरणको काम कुल ३ खर्ब ७० अर्ब लगानी गरेर १२ वर्षमा पूरा गर्न सकिनृ उल्लेख गरिएको छ ।

प्रकाशित : २५ असार २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह