Logo

Banner-news

वर्षाले सर्वत्र विनासः एकै दिन १७ जनाको मृत्यु, करोडौं क्षति


GDP Nepal
   २७ असार २०७६, शुक्रबार


काठमाडौं । अविरल वर्षाका कारण देशभर मानवीय तथा भौतिक क्षति भएको छ । वर्षा जारी रहेका कारण उद्धारमा कठिनाइ भइरहेको छ भने क्षतिको विवरण आउने क्रम पनि जारी छ ।
नेपाल प्रहरीका अनुसार शुक्रबार मात्र अविरल वर्षाका कारण देशभर १७ जनाको मृत्यु भएको छ । ७ जना घाईते भएका छन् भने ७ जना बेपत्ता छन् र उनीहरुको खोजतलास भइरहेको छ ।

काठमाडौंमै तीन जनाको मृत्यु भएको छ भने एक जना खोलाले बगाएर बेपत्ता छन् । यस्तै, खोटांगमा ३ जना तथा काभ्रे र भोजपुरमा २, २ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार ४ जनाको सकुशल उद्धार गरिएको छ। प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट सम्पुर्ण जनशक्ति, श्रोत साधन परिचालन गरि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २७ असार २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह