Logo

Banner-news

अपडेटः त्रिभुवन राजपथ र कुलेखानीको बाटो खुल्यो, बर्दिबासको भाप्सी पुलमा डाइभर्सन


GDP Nepal
   २८ असार २०७६, शनिबार


काठमाडौं । अविरल वर्षाका कारण क्षतिग्रस्त सडकमध्ये काठमाडौंबाट हेटौंडा जोड्ने दुई राजमार्ग भने पुनः सञ्चालनमा आएका छन् ।
सडक विभागका अनुसार हेटौंडादेखि भीमफेदी हुंदै कुलेखानी जोड्ने सडक मर्मतपछि सञ्चालनमा आएको छ । यस्तै, हेटौंडा जोड्ने अर्को मार्ग त्रिभुवन राजपथ पनि खुलेको छ ।

विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार पूर्व पश्चिम महेन्द्र राजमार्गको बर्दीवास नजिक भाप्सी पुलको एउटा स्पान बगाएकोले अहिले यातायात अबरुध्द छ । खहरे खोला भएकोले पानी पर्न रोकिने बित्तिकै खोलामा डाइभर्सन बनाई यातायात सुचारु गरिने शर्माले जानकारी दिएका छन् ।

प्रकाशित : २८ असार २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह