Logo

Banner-news

बाढीपहिरोले सडक अवरुद्धः यी राजमार्गमा यात्रा नगर्नुस् (सूचीसहित)


GDP Nepal
   २८ असार २०७६, शनिबार


काठमाडौं । अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गका विभिन्न स्थानमा बाढी पहिरो आउँदा सडक यातायातसमेत अवरुद्ध छ । कतिपय स्थानमा सडक पहिरोले बगाएको छ भने कतै खोलाले कटान गरेको छ ।

सडक विभागका अनुसार मुलुकका प्रमुख ८ सडक अहिले ठप्प छन् । विभागका महानिर्देशक शर्माले ति सडक खुलाउने प्रयास भइरहेको जनाएका छन् ।

बन्द नभएका सडकहरुमा पनि पहिरो आउन सक्ने, ढुंगा खस्न सक्ने हुँदा रातिको समयमा यात्रा नगर्न उनले सुझाव दिएका छन् ।

विभागका अनुसार हाल बन्द भएका सडकहरु यी हुन्ः
१. त्रिभुवन राजपथको बागझोरा र सिमभन्ज्यांग
२. बिपी राजमार्गको मंगलटार-खुर्कोट
३. मध्य पहाडी राजमार्गको खुर्कोट-घुर्मी
४. हेटौंडा कुलेखानी काठमाडौं सडकको देउराली-कुलेखानी
५. वेन-(जोमसोम सडकको काभ्रे भीर
६. हर्कपुर-ओखलढुंगा सडक
७. कान्ति राजपथ
८. वेशीसहर-चामे सडक

प्रकाशित : २८ असार २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह