Logo

Banner-news

नेपालमाथि चीनको ‘हवाई नाकाबन्दी’ तोडिएला ?


GDP Nepal
   ३१ असार २०७६, मंगलबार


काठमाडौं । नेपाल र चीनबीच साउन दोस्रो साता हवाई सम्झौता नवीकरणका लागि वार्ता हुँदैछ सम्झौता पुनरावलोकन भनिए पनि चीनको रुचि भने नवीकरणमा मात्र देखिएको छ ।

चीनले हाल नेपाल उडानलाई संख्यात्मक रूपमा दोब्बर बनाउन बार्गेनिङ गरिरहेको तर नेपाली जहाजलाई जुनुसुकै बहानामा रोक्ने नियत देखाइरहेको सरकारी अधिकारीहरु बताउँछन् ।

नेपालमाथि चीनले हवाई नाकाबन्दी लगाइरहेको छ,’ एक अधिकारी भन्छन्, ‘नेपालले पनि असल छिमेकीका नाउँमा यस विषयमा दह्रोसँग कुरा राख्न सकिरहेको छैन ।’ नेपालले वर्षौंदेखि चीनका विभिन्न गन्तव्यमा उडानको प्रयास गरिरहे पनि चीनले अनेकौं बहानामा टार्दै आएको छ ।

ग्वान्जाओ, बेइजिङ, ल्हासालगायतका गन्तव्यमा नेपाली वायुसेवा कम्पनीको रुचि देखिए पनि ति विमानस्थलमा नेपालका लागि ‘स्लट’ व्यवस्था गर्न नसकिने भन्दै चीन पन्छिँदै आएको छ ।

हाल चीनबाट ५ वटा वायुसेवा कम्पनीले नेपालमा नियमित उडान गरिरहेका छन् । चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन् भने नेपालबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स चीन जान चाहे पनि चीनले अनुमति दिएको छैन । यहाँसम्म कि नेपाली उडानलाई निषेध गरेको चीन यहाँको बजारमा एकलौटी गर्न चाहान्छ र उडान दोब्बर बनाउन नेपाली पक्षलाई दबाबसमेत दिइरहेको छ ।

नेपालका लागि ‘सेतो हात्ती’का रूपमा चिनियाँ जहाज खरिदका लागि बाध्य बनाएर अर्को ऋणको पासोमा नेपाललाई चीनले पारेको छ । सरकार र चिनियाँ प्रतिनिधिमण्डलबीच साउन ९ र १० गते बेइजिङमा सम्झौता पुनरावलोकन गर्ने जनाइएको छ र यसका लागि सरकारले अनुमति पनि दिएको छ ।

जसमा उडान संख्या वृद्धि, हवाईमार्ग पुनरावलोकन र द्विपक्षीय हितका अन्य विषयमा वार्ता हुने जनाइएको छ । सन् २०१४ मा भएको पछिल्लो सम्झौतालाई संशोधन गर्ने भनिए पनि यसबाट नेपालले देखिनेगरी उपलब्धि हासिल गर्छ कि गर्दैन भन्ने आशंका पनि यथावत छ । किनकी चीनले नेपाली आकाशबाट करोडौं आम्दानी एकलौटी रूपमा गर्दै आएकाले उसले नेपाली जहाजलाई उसको आकाशमा अनुमति त्यति सजिलै दिनेछैन भन्ने नेपाली अधिकारीहरूले पनि बुझेका छन् ।

सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको वार्षिक घाटा डेढ अर्ब पुगिसकेको र निजी क्षेत्रको हिमालय एयरलाइन्स पनि ठूलो संकटमा फस्दै गएको कारण चीन उडान गर्न नपाएकैले हो ।

प्रकाशित : ३१ असार २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह