Logo

पुँजीगत लाभकर गणनामा आजदेखि नयाँ नियमः यस्तो छ गणना विधि !




काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार सेयर बिक्रीबाट आम्दानी गर्दा लाग्ने कर अर्थात पुँजीगत लाभकरको गणना विधि आज (साउन १ गते)बाट परिवर्तन हुँदैछ । जसलाई ‘वेटेड एभरेज विधि’ भनिन्छ ।

अब बोनस तथा हकप्रद सेयरको सेयर मूल्य समायोजन गर्दा खरिद गरेको मूल्यमा बोनस तथा हकप्रद सेयरको अंकित मूल्यलाइ पनि जोडेर कुल सेयर संख्याले भाग गरेर भारित औसत निकालिन्छ । त्यसपछि आम्दानी भएको रकममा पुँजीगत लाभकर लाग्नेछ ।

विगतमा कम्पनीअनुसार औसत मूल्य हुन्थ्यो भने नयाँ व्यवस्थाले सबै सूचीकृत कम्पनीको निश्चित औसत मूल्य आउँछ र यसबाट मूल्यमा एकरूपता पनि ल्याउनेछ ।

यसअघि बुक क्लोजको सेयर मूल्यमा औसत निकाली पुँजीगत लाभकर गणना गरिन्थ्यो । नयाँ भारित औसत विधिले लगानीकर्तालाइ सेयरको दायित्व बढाउने घटाउने भन्दा पनि वास्तविक मूल्य दिने अधिकारीहरु बताउँछन् ।

बजेटमा भएको व्यवस्थाअनुसार पुँजीगत लाभकरण गण्ना हुने बुधबार पहिलो दिन हो । चालू आर्थिक वर्षको बजेटअनुसार व्यक्तिका हकमा पाँच प्रतिशत सेयर कारोबारवापत हुने लाभमा पुँजीगत लाभकर लाग्नेछ । अघिल्लो आर्थिक वर्षमा यस्तो लाभकर ७.५ प्रतिशत थियो भने संस्थाको हकमा १० प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्