Logo

सूचना/प्रविधि

टेलिकमको ल्याण्डलाइन अब १६३५ रुपैयाँमै पाइने, पोष्टपेड सिम ९४५ मा


GDP Nepal
   २ श्रावण २०७६, बिहिबार


काठमाडौं । नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन र पोष्टपेड मोबाइल सिमको मूल्य घटाएको छ । कम्पनीका अनुसार अब १ हजा।र ६३५ रुपैयाँमै ल्यान्डलाइन र ९४५ रुपैयाँमा टेलिकमका पोष्टपेड मोबाइल सिम उपलबध हुनेछ ।

आर्थिक विधेयक, २०७६ को दफा १४९१० मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत ५ सय रुपैंया मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले उपलब्ध गराउदै आएको स्थानीय टेलिफोन ९एक्त्ल्० तथा पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध हुने भएको हो ।

यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु व्यवस्था थियो ।

विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको छ ।
यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने आजैदेखि जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्ने टेलिकमले जानकारी दिएको छ ।

यो परिमार्जित शुल्क बुधबारदेखि नै लागू भएको टेलिकमले जनाएको छ ।

प्रकाशित : २ श्रावण २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह