Logo

कर्पोरेट-बजार

टेलिकमले इन्टरनेट शुल्क नबढाउने


GDP Nepal
   २ श्रावण २०७६, बिहिबार


काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट सेवामा शुल्क यथावत राख्ने भएको छ । अन्य कम्पनीहरुले साउन १ देखि बढेको शुल्क लागू गर्ने जनाइरहँदा टेलिकमका उपभोक्तालाई भने कम्पनीले पुरानै मूल्यमा सेवा दिने भएको हो ।

नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगरेको जनाएको छ ।

सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको टेलिकमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको छ ।

प्रकाशित : २ श्रावण २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह