Logo

Banner-news

महासंघ अध्यक्ष भवानी राणा नेपालका लागि वुस्मेको राजदूत मनोनित


GDP Nepal
   २ श्रावण २०७६, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा साना तथा मझौला उद्योगहरुको अन्तर्राष्ट्रिय संगठन वुस्मेको राजदूतमा नियुक्त भएकी छन् ।

राणालाई वर्ल्ड यूनियन अफ स्मल एन्ड मिडियम इन्टरप्राइजेज (वुस्मे)को जुन २४ मा बसेको बैठकले नेपालका लागि सद्भावना राजदूतमा नियुक्त गरेको हो । वुस्मेको विशेष कमिटिले मे २९ मा नेपालका लागि उनलाई राजदूतमा सिफारिस गरेकोमा जुन २४ को बोर्ड बैठकले स्वीकृत गरेको हो ।

महासंघ अध्यक्ष भवानी राणा

महासंघ अध्यक्ष राणा यसअघि नेपाल महिला उद्यमी महासंघको समेत अध्यक्ष भइसकेकी छन् भने साना तथा मझौला उद्योगको विकास र विस्तारमा उनको विशेष योगदान रहँदै आएको छ ।

वुस्मे अन्तर्राष्ट्रीय गैरनाफामूलक संगठन हो । यसले आधुनिक लघु उद्यम र शिल्पको संरक्षण र सम्बद्र्धन गर्दछ । वुज्मेले लघु तथा मझौला उद्योगको माध्यमले देश विकासका लागि ड्राइभिङ बलके रूपमा काम गर्ने र यसबाट समाजको समावेशी विकास तथा सामाजिक प्रगति उच्च तहसम्म पुग्ने मान्यता रहिआएको छ ।

वुस्मेले उद्यमशीलताको वातावरणलाई प्रवद्र्धन गर्ने र यसबाट सृजनात्मक, आत्मदृढता र रगतको अभिव्यक्तिको रुपमा समाजको आधारबाट आर्थिक लोकतान्त्रिक पहिचानलाई व्यक्तिगत र सामूहिक सम्मानको वातावरण बनाउँछ ।

साथै, यसले ज्ञान, अनुसन्धान र नवीनतम प्रणाली को पदोन्नतिका लागि पनि काम गर्दछ । उद्यमकर्ता र उद्यमको माध्यमले पारम्परिक ज्ञानसँगै नयाँ डिजिटल औद्योगिकिकरणसँग साक्षात्कार पनि गराउँछ ।

राणाको नियुक्तिसँगै नेपालको साना तथा मझौला उद्योगलाई अन्तर्राष्ट्रियकरण गर्न ढोका खुलेको बताइएको छ ।

प्रकाशित : २ श्रावण २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह