Logo

Banner-news

काठमाडौं–केरुङ रेलमार्ग आर्थिक रूपमा असम्भव !


GDP Nepal
   ८ श्रावण २०७६, बुधबार


काठमाडौं (एजेन्सी): नेपाल र चीनलाई रेलमार्गले जोड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वकांक्षी योजना पूरा नहुने संकेत देखिएका छन् । चिनियाँ पक्षले काठमाडौं–केरुङ रेलमार्गलाई आर्थिक रूपमा असम्भव भनेको छ भने नेपाली पक्षले यसलाई प्रधानमन्त्री ओली र सत्तारुढ नेकपाको प्रतिष्ठाको विषय बनाइरहेको छ ।


प्रधानमन्त्री ओलीको पार्टीले गत आम निर्वाचनमा दुईतिहाई नजिकको बहुमत ल्याउनुमा उनको रेलसम्बन्धी घोषणा पनि महत्वपूर्ण कारण भएको जानकारहरु बताउँछन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले व्यापार र पारवहनका लागि भारतसँग मात्र रहेको निर्भरता अन्त्य गर्नका लागि महत्वपूर्ण मानिएको नेपाल–चीन रेल लिंक आर्थिक रूपमा असम्भव हुने देखिएको लेखेका छन् । प्रमुख सरोकारवालाबीच असहमति देखिएपछि यो असम्भव देखिएको उनीहरुको टिप्पणी छ ।

चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभको अंशका रूपमा देखिएको यो योजनामा राजनीतिक नेताहरूबीचमा सहमति देखिएको छैन । यसमा कसरी लगानी गर्ने भन्ने विषयमा अभैm टुंगो लागेको छैन ।
योभन्दा पनि रेलमार्ग निर्माणमा पनि चुनौती देखिएको छ । हिमाली श्रृंखला विशेषगरी चुनौतीपूर्ण देखिएको हो । चिनियाँ पक्षले यो रेलमार्गका लागि थप अध्ययन आवश्यक भएको र यसमा नयाँ प्राविधिको आवश्यक भएको बताएको छ । प्रस्तावित रुट भूकम्पीय जोखिमको हिमाली क्षेत्रमा परेकाले चीनले यो योजनाका लागि नयाँ प्रविधिको आवश्यकता भएको बताएको हो ।

कामलाई गति दिने र रेल योजनको विषयमा वास्तविक प्रगतिभन्दा पनि बढी कूटनीतिक प्रचारबाजी भएको विदेश मामिला र भूराजनीतिक विज्ञ गेजा शर्मा वाग्लेले बताए ।
बेइजिङमा जुनको तेस्रो साता भएको नेपाल–चीन रेल्वे कर्पोरेसन समितिको चौथो बैठकमा चिनियाँ अधिकारीहरूले नेपाली पक्षलाई उनीहरूले विस्तृत आयोजना रिपोर्ट तयारी गर्नुपूर्व केही चिजमा काम गर्नु आवश्यक भएको बताएका थिए ।

चिनियाँ रेल्वे प्रशासनले गत वर्ष आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सञ्चालन गरेका थिए । यसको रिपोर्ट भौतिक पूर्वाधार र यातायात व्यवस्थापन मन्त्रालयलाई बुझाइएको थियो । उक्त रिपोर्टमा विभिन्न समस्याहरू जस्तै भूकम्पीय गतिविधि, भौगोलिक बनावट, उचाई, भौगर्भिक र इन्जिनियरिङलगायतका समस्याहरू चुनौतीपूर्ण भएको उल्लेख गरिएको थियो ।

यसै वर्षको मे महिनामा आयोजना भएको पत्रकार सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले भनेका थिए, “उच्च भूभागमा रहेको असहज क्षेत्रबाट रेलमार्ग बनाउनका लागि थप वैज्ञानिक र सम्भाव्यता अध्ययन आवश्यक छ ।” उनले नेपाल–चीन सीमापार रेल्वे लामो अवधिको आयोजना भएको विज्ञप्तिमार्फत बताएका थिए ।

यी अनिश्चितताका बीच बेइजिङमा आयोजना भएको चौथो नेपाल–चीन रेल्वे कर्पोरेसन कमिटीको बैठकमा बेइजिङले तत्काल विस्तृत आयोजना रिपोर्टको बारेमा निर्णय गर्न नसक्ने उल्लेख गरेको थियो । यो विषयमा पाँचौं बैठकमा छलफल गरिने उल्लेख थियो । यो बैठक डिसेम्बरमा काठमाडौंमा आयोजना हुने मिति तय भएको छ ।

चिनियाँ सीमाबाट ७२ किलोमिटरको रेल्वेको उपयुक्त सम्भाव्यता अध्ययनले अनुमानित ३५ अर्ब नेपाली रुपैयाँ अर्थात ३१ करोड ९० लाख डलर लाग्ने देखाएको नेपालका रेल अधिकारीहरूले बताएका छन् ।

प्रकाशित : ८ श्रावण २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह