Logo

बिजनेस होम

शारीरिक सुगठनका पदक बिजेतालाई संघ अध्यक्ष श्रेष्ठद्वारा नगद पुरस्कार घोषणा !


GDP Nepal
   ८ श्रावण २०७६, बुधबार


काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले हालै काठमाडौंमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई व्यक्तिगत तर्फबाट नगदसहित सम्मान गर्ने भएका छन् ।

नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा पदक विजेता खेलाडीलाई श्रेष्ठले नगदसहित सम्मानित गर्ने भएका हुन् ।

च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीलाई संघका अध्यक्ष श्रेष्ठले मंगलबार पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको जनाइएको छ ।

जसअनुसार स्वर्ण विजेतालाई ५० हजार, रजत विजेतालाई ३० हजार र कास्य विजेतालाई २० हजारका दरले सम्मानित गर्ने अध्यक्ष श्रेष्ठाको घोषणा छ। च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ७ रजत र ६ कास्य पदक जितेको थियो ।

यस्तै, अर्को महिना थाइल्याण्डमा आयोजना हुने एसिया प्यासाफिक शारीरिक सुगठनमा नेपालबाट ३ खेलाडी पठाउने जनाइएको छ । संघले नेपालमा भएको दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण विजेतालाई पठाउने जनाएको छ ।

संघले चीनमा आगामी भदौमा आयोजना हुने ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा ९ खेलाडी पठाउने समेत जनाएको छ ।

प्रकाशित : ८ श्रावण २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह