Logo

मुख्य समाचार

भीमसेन मन्दिर पुनर्निर्माणमा ललितपुर महानगरको १ करोड, महर्जन पुनः अध्यक्ष निर्वाचित


GDP Nepal
   १० श्रावण २०७६, शुक्रबार


ललितपुर । ललितपुरको प्रसिद्ध भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । मन्दिर पुनर्निर्माण सरोकार समितिको पहिलो साधारणसभामा बिहीबार महानगर मेयर चिरिवावु महर्जनले यस्तो घोषणा गरेका हुन् ।

यसअघि एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले पनि मन्दिर पुनर्निर्माणका लागि १ करोड सहयोगको प्रतिबद्धता जनाएका छन् । ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा यो मन्दिर पुनर्निर्माण भइरहेको छ ।

भूकम्पले क्षतिग्रस्त यो मन्दिर पुनर्निर्मााणका लागि भारतीय सरकारले प्रतिबद्धता जनाए पनि निर्माण सुरु नगरेपछि उद्योग वाणिज्य महासंघको अग्रसरतामा पुनःनिर्माण भइरहेको छ ।

यसैबीच, भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति तथा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई साधारणसभाले अर्को कार्यकालका लागि पनि अध्यक्षमा चयन गरेको छ ।

अध्यक्ष महर्जनले २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजार स्थित भीमसेन मन्दिर कुनै पनि बेला भत्किन सक्ने अवस्थामा पुगेको उल्लेख गर्दै भीमसेन मन्दिर भत्किन गएमा हुन सक्ने सम्भावित धन जनको क्षतिलाई मध्य नजर गरी मन्दिरलाई यथाशक्य चांडो भत्काई पुनर्निर्माण गर्नुपर्ने बताए ।

महर्जनका अनुसार विज्ञहरुको रायबमोजिम ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा मंगलटोल सुधार संघ, ललितपुर महानगरपालिका, ललितपुर भरिका जातिय समाज, विभिन्न संघ संस्था तथा बस्तुगत संघहरु समेतको सहयोगमा श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति गठन गरिएको हो ।

समितिको गठन पश्चात समितिबाट मन्दिरको पुनर्निर्माण गर्न नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा पुरातत्व विभाग एवं ललितपुर महानगरपालिका समेतको स्ीवकृति प्राप्त गरिसकेको उनले बताए । उनका अनुसार यस समिति जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायहरुमा दर्र्ता गर्ने कार्य सम्पन्न गरी गत असार १२ गतेका दिन विधिवत रुपमा क्षमा पूजा गरि मन्दिरको गजुर झिकी मन्दिरको पुनर्निर्माणको कार्य दु्रतगतिमा भइरहेको छ ।
अध्यक्ष महर्जनले छानाको सुन लेपनबाहेक अनुमानित ४ करोड ९३ लाख लागत पर्ने इष्टिमेटमा सुरु गरिएको छ । भीमसेन मन्दिरको पुनर्निर्माण कार्यमा नेपाल सरकारका सबै सम्बन्धित निकायहरुका साथै संघ संस्था सबैको सहयोगले पुनर्निर्माण कार्य सुरु गरेको मितिले दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गरि हाम्रो सम्पदा हामी आफै बनाउन सक्छौं भन्ने अनुकरणीय उदाहरण प्रस्तुत गर्न हामी सफल हुने उनले बताए ।


भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका सदस्य सचिव मनोजबहादुर न्याछ्योंले समिति गठन देखि आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । यस्तै, कोषाध्यक्ष हरिनरसिंह अमात्यले प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ को वासलात पेश गरे ।
एभरेष्ट वैंकका अध्यक्ष बीके श्रेष्ठबाट १ करोड रुपैंया आर्थिक सहयोग प्राप्त भएको उनले सभामा जानकारी दिखए ।

सभामा ललितपुर महानगरपालिका मेयर श्री चिरीबाबु महर्जनले पर्यटनको विकासमा संस्कृति ठूलो देन रहेको उल्लेख गर्दै भीमसेन मन्दिरको पुनर्निर्माण कार्यमा महानगरपालिकाको तर्फबाट १ करोड आर्थिक सहयोग गर्ने वचनवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य पम्फा भुसाल र प्रदेश सभाका सांसद ज्ञानेन्द्र शाक्यले पुनर्निर्माण कार्यमा प्रदेश नम्वर ३ सरकारको तर्फबाट ५० लाख आर्थिक सहयोग गर्ने बताए ।
वरिष्ठ संस्कृति विद् एवं बाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीले कला, संस्कृतिको महत्वमाथि प्रकाश पारे । उनले भीमसेनको महिमा बारे प्रकाश पार्नु हुंदै भीमसेन व्यवसायीहरुको आराध्यदेवता हो त्यसैले व्यवसायीहरुले भीमसेनलाई विशेष पुजिन्छ भने ।

प्रकाशित : १० श्रावण २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह