Logo

कर्पोरेट-बजार

यतीले भित्र्यायो पाँचौं एटीआर ७२ जहाज


GDP Nepal
   ११ श्रावण २०७६, शनिबार


काठमाडौं । यती एयरलाइन्सले पाँचौं एटीआर विमान थपेको छ । एयरलाइन्सले ल्याएको एटीआर–७२–५०० विमान शनिाबार काठमाडौं अवतरण गरेको छ ।

यो विमान शनिबार थाइल्यान्डको राजधानी बैंककबाट उडेर दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरलाइन्सले जनाएको छ । नेपाल भ्रमण वर्ष–२०२० मा सरकारले लिएको २० लाख पर्यटक भिœयाउन थपिएको विमानले सहयोग पुग्ने विश्वास यती एयरलाइन्सले लिएको छ । विमानको सिट क्षमता ७२ छ ।

यती एटीआर जहाज

थपिएको विमानबाट एयरलाइन्सले तराईका क्षेत्रमा उडान भर्ने छ । एटीआर ७२–५०० फ्रान्सेली–इटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो । यसको निर्माण र प्रदर्शनका कारण एटीआर–७२ विमान विश्वमै सबैभन्दा सफल क्षेत्रीय क्यारियर बनेको छ ।

यी उच्च प्रविधि युक्त इन्जिन र प्रोपेलरहरु उत्कृष्ट प्रदर्शन, इन्धन बचत, उल्लेखनीय ध्वनिको कमी र कम ग्रीन हाउस ग्यास उत्सर्जन जस्ता विशेषता एटीआरको छ ।

यती एयरलाइन्सले सन् १९९८ देखि आफ्नो उडानको सुरुवात गरेको हो र यतीसँग हाल थपिएको एटीआरसहित पाँच एटीआर७२–५०० र जेट स्ट्रिम–४१ विमान ५ गरी १० विमान छन् । यतीको भगिनी संस्थातारा एयरको डोर्नियर–२२८ र ४ ट्विनअटर छन् ।

नेपाली ९ एन–एएनजी कलसाइन(नेपाली रजिष्ट्रेसन् नम्बर) रहेको विमानको उत्पादन क्रम संख्या एमएस एन–७४० छ ।

प्रकाशित : ११ श्रावण २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह