Logo

थप ४ जलविद्युत् आयोजनाको सेयर आउँदै




काठमाडौं । विद्युत् नियमन आयोगले चार जलविद्युत् कम्पनीलाई सेयर निष्कासनका लागि स्वीकृति दिएको छ ।

आयोगले ४० मेगावाटको खानीखोला, २५ मेगावाटको दोर्दी खोला ए, ७ मेगावाटको मार्दी खोला र माउन्टेन इनर्जी नेपाललाई सेयर निष्कासन अनुमति दिएको हो ।

खानीको प्रवद्र्धक ग्रिनलाइफ हाइड्रो पावर कम्पनीले ३४ करोड ९७ लाख ४० हजार रुपैयाँ बराबरका ३४ लाख ९७ हजार ४० कित्ता सेयर निष्कासन गर्नेछ भने दोर्दीको प्रवर्द्धक लिबर्टी इनर्जीलाई ३७ करोड ५० लाख रुपैयाँका ३७ लाख ५० हजार कित्ता सेयर निष्कासनको अनुमति दिइएको छ ।

यस्तै, मार्दीको प्रवर्द्धक युनाइटेड इडी मार्दी एन्ड आरपी हाइड्रो लिमिटेडेलाई १० करोड ५० लाखको १० लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न स्वीकृति आयोगले दिएको छ ।

त्यसैगरी माउन्टेन इनर्जी नेपाललाई ३९ करोड ३६ लाख ५ हजार ४ सय अर्थात ३९ लाख ३६ हजार कित्ता सेयर निष्कासन गर्न आयोगले स्वीकृति दिएको छ ।

नियमन आयोगका पदाधिकारी नियुक्तिपछि धितोपत्र बोर्डले स्वीकृतिका लागि पठाएका आयोजनाहरू आयोगका अध्यक्ष डिल्ली सिंहको अध्यक्षतामा बसेको बैठकले स्वीकृति दिने निर्णय गरेको हो ।

आयोगले चारवटै आयोजनाका प्रवद्र्धकहरूलाई सर्वसाधारण र स्थानीयवासीहरूका लागि १०(१० प्रतिशतका दरले सेयर निष्कासनका गर्नेछन् ।

नियमन आयोगले तोकेको चारवटै परियोजनाको क्रेडिट रेटिङ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्