Logo

Banner-news

‘तेज तर्रार’ योगेश पर्यटनमन्त्री, वायुसेवा निगम र भिजिट नेपाल नै मुख्य चुनौती


GDP Nepal
   १५ श्रावण २०७६, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावअघि ताप्लेजुङ पुगेर दिएको बचन पूरा गरेका छन् । २०७४ कात्तिक १९ मा ताप्लेजुङ पुगेर युवा नेता योगेश भट्टराईलाई तेज तर्रारको संज्ञा दिँदै उनले चुनावपछि मन्त्री बनाउने बचन दिएका थिए ।

भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन् र केहीबेरमा उनले सपथ पनि लिँदैछन् । फागुनमा तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको निधन भएसँगै यो मन्त्रालय नेतृत्वविहीन थियो ।

योगेश भट्टराई

प्रधानमन्त्री ओलीको सार्वजनिक आलोचना गरेकै कारण मन्त्री नबनाइएका भट्टराईले विद्यार्थी राजनीतिदेखिकै सहकर्मी अधिकारीको निधनपछि मात्रै मन्त्री बन्ने सौभाग्य पाए । पछिल्लो समय चिकित्सा शिक्षा विधेयकलगायत संसदमा सरकारको बचाव गरिरहेका कारण उनलाई सम्भावित मन्त्रीका रुपमा हेरिएको थियो ।

५ महिनासम्म नेतृत्वविहीन मन्त्रालयमा मन्त्री भएसँगै भट्टराईसामु ऋणले डुबेको नेपाल वायु सृवा निगमलाई पुनर्जीवन दिने तथा भिजिट नेपाल २०२० सफल बनाउने मुख्य चुनौती छन् । यसबाहेक भैरहवा र पोखरा विमानस्थल समयमै सम्पन्न गर्ने तथा निजगढ विमानस्थल निर्माण कार्य सुरु गर्नैपर्ने जिम्मेवारी पनि छन् ।

प्रकाशित : १५ श्रावण २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह