Logo

बैंक / बिमा /शेयर

लक्ष्मी बैंक र एडीबीबीच सहकार्य, ट्रेड फाइनान्स प्रोग्राममा कर्जा दिने


GDP Nepal
   १५ श्रावण २०७६, बुधबार


काठमाडौं । लक्ष्मी बैंकले एशियन डेभलपमेन्ट बैंक (एडीबी)सँग सहकार्य गर्ने भएको छ । एडीबीको ट्रेड फाइनान्स प्रोग्राम (टीएफपी) तथा लक्ष्मी बैंक लिमिटेडबीच कर्जा तथा टे«ड सहयोगको लागि एक सम्झौतामा हस्ताक्षर भएको छ ।

एडीबीको ट्रेड फाइनान्स प्रोग्राम नेपालमा सन् २००९ देखि सञ्चालित रहदैं आएको छ भने यसले नेपालका दुई स्थानीय बैंकहरुसँग सहकार्य समेत गर्दै आएको छ । आजसम्म यस कार्यक्रमले २ सयभन्दा बढी वित्तीय कारोबार गरिसकेको छ ।

टीएफपी अन्तर्गत नेपाललाई ८२ मिलियन अमेरिकी डलरको सहयोग प्राप्त भएको छ । यसबाट कृषि कमोडिटी, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न ८० क्षेत्रका साना तथा माझौला व्यवसायहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

सम्झौता हस्ताक्षरपछि लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले एडिविको यस कार्यक्रममा सहभागी हुन पाउँदा लक्ष्मी बैंक गौरवान्वित भएकोको धारणा राखे । एडीबीको ट्रेड मेम्बर बैंकका रुपमा सहभागी भई अन साइट तथा अफ साइट कार्यहरु प्रति लगनशील रहेका कारणले हामी यस परियोजनामा सहभागी भएका उनले उल्लेख गरे ।

लक्ष्मी बैंक नेपाली साना तथा मझौला व्यवसाय, कर्पोरेट, इन्स्टिच्युसनल तथा इन्फ्रास्टक्चर प्रोजक्टहरुमा ट्रेड फाइनान्स सेवा प्रदान गर्दै आइरहेको र यसबाट अन्तर्राष्ट्रिय बजारमा आफ्ना ग्राहकहरुले फाइदा लिनसक्ने उनको भनाइ छ ।

नेपालका लागि एडीबी इन्भेष्टमेन्ट स्पेसलिस्ट एण्ड रिलेसनसिप म्यानेजर ज्यानेट हाइडले लक्ष्मी बैंकसँग गरिएको ट्रेड फाइनान्स प्रोग्रामले नेपालको वर्तमान आर्थिक वृद्धिमा विशेष सहयोग पुगेको बताए । उनले भने– यो नयाँ सुविधाले पुननिर्माणको कार्यले देशमा आर्थिक क्रियाकलाप हुनगई साना तथा मझौला व्यवसायको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज ४८ जिल्लामा११० शाखाहरु, ३ हस्पितल काउन्टर, १३१ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ५८ शाखा सहित बैैैंकिङ, ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका छन् ।

प्रकाशित : १५ श्रावण २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह