Logo

Banner-news

कांग्रेसप्रति असहिष्णु योगेशलाई कांगेसका युवा नेतात्रयको शुभकामनाः बदनामीबाट जोगिनु !


GDP Nepal
   १६ श्रावण २०७६, बिहिबार


काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति निकै असहिष्णु मानिन्छन् । तर, कांग्रेसका युवा नेताहरुले भने मन्त्री भट्टराईलाई खुला हृदयले बधाई र शुभकामना दिएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्रीसमेत रहेका नेता गगनकुमार थापा र नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेलले सामाजिक सञ्जालबाटै मन्त्री भट्टराईलाई शुभकामना दिएका हुन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो ट्वीट गरे–
विद्यार्थी राजनीति क्रममा हार्दिकता र द्वन्द्वको दुई खाले मनस्थितिमा काम गरेको ब्यक्तिगत अनुभव भन्छ @yogesbhattarai मन्त्रीका रूपमा सुयोग्य हुनसक्छन् । नम्र आग्रह छ संभव भएसम्म राम्रो गर्नु,कम्तिमा बदनामी हुने कर्मबाट जोगिनु !
नयाँ जिम्मेवारीका लागि पुराना मित्रलाई । हार्दिक बधाई !

यस्तै, युवा नेता गगन थापाले फेसबुकमा लेखेका छन्–
@yogesbhattarai दाइ, संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस् । मन्त्रीको रूपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टी संग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वास संग जोडिएको छ । मुरी मुरी शुभकामना ।।

भट्टराईलाई शुभकामना दिनेमा कांग्रेसका लोकप्रिय युवा नेता प्रदीप पौडेल पनि छन् । उनले फेसबुकबाटै यस्तो शुभकामना दिएका छन्–

युवानेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त हुनुभएको बिषयले बिशेष महत्व पाएको छ।उहाँलाई हार्दिक बधाइ साथै कार्यकालको सफलताको शुभकामना । युवापुस्ताका आशामा तुषारापात नहोस्, फराकिलो सोचका साथ राष्ट्रिय हितमा महत्वपूर्ण योगदान पुगोस्, हाम्रो पुस्ता उस्तै होइन फरक छ भन्ने विश्वास कÞायम रहोस् ।

प्रकाशित : १६ श्रावण २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह