Logo

Banner-news

इमानदार पूर्व प्रशासकविरुद्ध गोकर्ण विष्टको तुच्छ टिप्पणीः छानबिनको धम्की ?


GDP Nepal
   १८ श्रावण २०७६, शनिबार


काठमाडौं । सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम नगद हस्तान्तरणजस्तो भएको भन्दै आलोचना गरेका पूर्व अर्थसचिव शान्तराज सुवेदीमाथि छानबिन गर्ने श्रममन्त्री गोकर्ण विष्टले चेतावनी दिएका छन् ।

विष्टले सचिव सुवेदीले अर्थ मन्त्रालयमा रहँदा गरेका निर्णय छानिबन गर्नुपर्ने सार्वजनिक कार्यक्रममै बताए । बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने– उहाँ अर्थसचिव हुँदा कस्ता कस्ता आयोजनामा उहाँले सम्झौता गर्नुभयो भनेर फेहरिस्त खोज्दै एकपटक सम्झाइदिनुपर्नेछ ।

समावेशी आयोग अध्यक्षबाट हालै राजीनामा दिएका सुवेदीले यसै साता प्रधानमन्त्री रोजगार कार्यक्रमबारे टिप्पणी गर्दै अधिकांश स्थानमा बेरोजगारलाई लक्षित गर्ने भन्दा पनि ब्याच, क्याप र पातलो हल्का ज्याकेट लगाएर झार उखेल्ने, अलिअलि खोस्रिने जस्ता झारा टार्ने किसिमको काममा सीमित हुन पुगेको टिप्पणी गरेका थिए ।

करिब ३ अर्ब खर्च भएको यो कार्यक्रमले अधिकांश ठाउँमा औचित्यता पुष्टि गरी नतिजा देखाउन नसकेको भन्दै यसले बास्तविक वेरोजगारलाई रोजगारी दिन सकेको भए थप आवश्यकता र औचित्यता पुष्टि गर्न सकिने उनको भनाइ थियो ।

यस्तो कार्यक्रमको लागी सरकारले विश्व बैंकबाट १३ अर्ब ऋण लिनु गलत भएको भन्दै उनले यस्तो वितरणमुखी कार्यक्रमको लागी ऋण त के अनुदान पनि स्विकार्नु हुँदैन भनेका थिए ।

सुवेदीका अनुसार यसले मान्छेलाई परमुखी र परिश्रम नगर्ने अल्छी बनाउँछ । उत्पादन वृद्धि र पूर्वाधार निर्माणमा सघाउ पुर्याउँदैन । त्यसैले वेरोजगारलाई रोजगार वनाउन वेरोजगार भत्ता र नगद अनुदान होइन सीप सिकाउनु जरुरी छ ।

मन्त्री विष्टले इमानदार पूर्व प्रशासकका रुपमा ख्याती कमाएका पूर्वसचिव सुवेदीमाथि गरेको तुच्छ टिप्पणीलाई उनको असहिष्णु र तुच्छ प्रवृत्तिका रुपमा हेरिएको छ ।

प्रकाशित : १८ श्रावण २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह