Logo

Banner-news

स्वेच्छिक कर तिर्नेलाई स्वागत, आम्दानी गरे अनिच्छुकले पनि तिर्नैपर्छ


GDP Nepal
   १९ श्रावण २०७६, आइतबार


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वेच्छिक कर तिर्नेलाई स्वागत गरिने तर आम्दानी गरेको छ भने अनिच्छुकलाई पनि कर तिराइछाड्ने बताएका छन् । आन्तरिक राजश्व विभागले आयोजना गरेको एक कार्यक्रममा उनले कर स्वेच्छिक नभै अनिवार्य व्यवस्था भएको बताए ।

अर्थमन्त्रीले भने– स्वेच्छिकरूपमा आए कर तिर्न आउनेलाई सधँै स्वागत छ तर स्वेच्छिक मात्र होइन, आम्दानी गरेको छ भने अनिच्छुकले पनि कर तिर्नैपर्छ ।

धेरै नागरिक आयकरको दायरामा आउने स्थिति बनेको अर्थमन्त्रीको भनाइ छ । हिले भएका सुधारबाट व्यवसायी तर्सिन आवश्यक नरहेको स्मरण गर्दै उनले भने– कर भनेको करै हो, करैले पनि कर तिर्नुपर्छ, त्यसैले स्थायी लेखा नम्बर हुनुपर्छ भनिएको हो ।

संस्थागत आय प्रणालीमा पारदर्शीता स्थापित हँुदै गएको तथा अनुत्पादक र व्यक्तिगत क्षेत्रलाई अझै आयकरको दायरामा ल्याउने प्रयास भइरहेको उनको भनाइ छ । मान्छेको अनुहार हेरेर छुट दिने प्रवृत्तिलाई अन्त्य गरिने दाबी गर्दै उनले अब कर प्रशासनसँग व्यवसायी डराउने र व्यपारीसँग कर प्रशासन डराउने स्थिति अन्त्य गरिनुपर्ने बताए ।

प्रकाशित : १९ श्रावण २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह