Logo

Banner-news

धुलो दूध आयात प्रतिबन्धको परिणामः देशैभर दूध अभाव, मूल्य पनि बढ्ने


GDP Nepal
   २० श्रावण २०७६, सोमबार


काठमाडौं । सरकारले भारतबाट धुलो दूध आयातमा प्रतिबन्ध लगाउँदा स्वदेशी उत्पादन वृद्धि भइ दूध र दुग्धजन्य वस्तु उत्पादनमा मुलुक आत्मनिर्भर हुने अपेक्षा गरे पनि परिणाम भने उल्टो देखिएको छ । उपभोक्ताको माग धान्न नसकेर देशैभर दूध अभाव भइरहेको छ भने कतिपय स्थानमा दूधको मूल्य पनि बढाउने तयारीसमेत भइरहेको छ ।

नेपालमा पाउडर दूध उत्पादन गर्ने सुजल डेरी पोखरा, चितवन मिल्क चितवन र दुग्ध विकास संस्थानको विराटनगर प्लान्टले आवश्यकताअनुसार दूध उत्पादन गर्न सकेका छैनन् । किसानबाट पर्याप्तमात्रामा दूध नपाउँदा यी उद्योगसमेत पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् ।

धुलो दूध

झोल दूध उत्पादन झन्डै ४० प्रतिशतले घटेको र पाउडर दूधसमेत उपलब्ध नभएकाले अधिकांश डेरी संकटमा छन् र यीनीहरुले मागअनुसार बजारमा दूध पठाउन सकेका छैनन् । पाउडर दूध उत्पादन गर्ने तीनवटै स्वदेशी उद्योगले पाउडर दूध दिन नसक्ने जनाएपछि डेरी सञ्चालकहरुले सरकार गुहारेका छन् ।

काठमाडौं उपत्यका आसपासमा मात्र तीन दर्जन डेरी उद्योग सञ्चालनमा छन् भने मुलुकभर करिब २ सय डेरी रहेको अनुमान छ । तर, यी सबै उद्योगको हालत उस्तै छ । नेपालको डेरी उद्योगमा करिब ३० अर्बको लगानी रहेको अनुमान छ ।

धुलो दूध आयात रोक्दा यसअघि नै चकलेट र बिस्कुट उत्पादक कम्पनीहरूले कच्चा पदार्थ अभाव भएको गुनासो गर्दै आएका थिए । असोजदेखि माघसम्म दूध बढी उत्पादन हुने सिजन रहेकाले आयात प्रतिबन्धले ठूलो समस्या नदेखिए पनि फागुनदेखि भदौसम्म दूध कम उत्पादन हुँदा यस्तो समस्या देखिन्छ ।

प्रकाशित : २० श्रावण २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह