Logo

बैंक / बिमा /शेयर

विराटनगरको ह्यारिसन होटलमा एनआईसी एशियाका ग्राहकलाई ३०% छुट


GDP Nepal
   २० श्रावण २०७६, सोमबार


विराटनगर । एनआईसी एशिया बैंक लिमिटेड र होटल ह्यारिसन प्यालेस, बन्जारा चोक विराटनगरबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरे । यसबाट प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जाने बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकको मुलुकभर २९५ शाखा, ३२० एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ कार्यालय छन् । एनआईसी एसियाका देशभर १७ लाखभन्दा बढी ग्राहक रहेको जनाइएको छ ।

प्रकाशित : २० श्रावण २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह