Logo

Banner-news

नेपाल टेलिकम भर्सेस एनसेलः ग्राहक संख्या टेलिकमका ५८ लाख बढी


GDP Nepal
   २१ श्रावण २०७६, मंगलबार


काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमका ग्राहक वृद्धि उत्साहजनक देखिएको छ भने अर्को दूरसञ्चार कम्पनी एनसेलको वृद्धि सुस्त छ । पछिल्लो तथ्यांकअनुसार टेलिकमका ग्राहक एनसेलका भन्दा ५८ लाखले बढी भइसकेको छ ।


गत जेठमा टेलिकमका कुल ग्राहक २ करोड २४ लाख पुगेका छन् भने एनसेलका १ करोड ६५ लाखमात्रै छन् । गत पुसमा टेलिकमका ग्राहक २ करोड १२ लाख थिए भने एनसेलका १ करोड ६३ लाखमात्रै थिए । यस्तै, २०७४ पुसमा टेलिकमका १ करोड ८७ लाख ग्राहक थिए भने एनसेलका १ करोड ६४ लाख थिए ।

यसरी दुई ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलबीच ग्राहक संख्याको अन्तर दिनहुँ बढ्दै गएको छ । छ वर्षअघिसम्म आक्रामक योजनाका साथमा अगाडि रहेको एनसेल पछिल्लो समय सुस्त छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फमेसन सिस्टम (एमआईएस) अनुसार टेलिफोन तथा सिमकार्ड खरिद गर्नेको संख्या ४ करोड ११ लाख पुगिसकेको छ । जसमध्ये मोबाइलतर्फ सेवाग्राही नै ४ करोड ३ लाख पुगेका छन् ।

प्रकाशित : २१ श्रावण २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह