Logo

Banner-news

चन्द्रागिरीमा १.२५ अर्ब लगानीमा पाँचतारे रिसोर्ट, कुल लगानी ५ अर्ब पुग्यो


GDP Nepal
   २५ श्रावण २०७६, शनिबार


काठमाडौं । काठमाडौंको नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरी क्षेत्रमा अर्को आकर्षण थपिएको छ । चन्द्रागिरी केबलकारको सञ्चालक चन्द्रागिरी हिल्सले १ अर्ब २५ करोड रुपैयाँ खर्चेर ५ तारे होटलसरह सुविधा उपलब्ध हुनेगरी चन्द्रागिरी रिसोर्ट सञ्चालनमा ल्याएको छ ।

हाल सफ्ट लञ्चमात्र गरिएको चन्द्रागिरी रिसोर्ट अर्को महिनादेखि पूर्ण रुपमा सञ्चालनमा आउनेछ । यससँगै चन्द्रागिरी समूहको यस क्षेत्रमा कुल लगानी ५ अर्ब रुपैयाँ पुगेको छ । जसमा केबलकारसहितका पूर्वाधार रहेका छन् ।

चन्द्रागिरी रिसोर्ट

चन्द्रागिरी रिसोर्टमा कुल १ सय रुमसहित आकर्षक रेष्टुरेन्ट, स्वीमिङ पुल, सेमिनार हललगायतका संरचना निर्माण भएका छन् । हाल ४० वटा कोठामा पाहुना राख्न सुरु गरिएको छ । पाँच हेक्टर क्षेत्रफलमा फैलिएको रिसोर्टमा साढे तीन हेक्टरमा संरचना निर्माण गरिएको छ । रिसोर्टमा स्वीट रुम, टू इनर स्वीट रुम, डिलक्स रुमलगायतमा वर्गीकरण गरिएको छ ।

चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको हो । यसले काठमाडौं आउने विदेशी पर्यटकको बसाई लम्बाउने ढकालको विश्वास छ ।

माइस पर्यटनका लागि चन्द्रागिरी रिसोर्ट उपयुक्तस्थल हुने छ । यस्तै, भारतीय नागरिकहरु वैवाहिक कार्यक्रमका लागि नेपाल आउने प्रचलन बढिरहेका बेला चन्द्रागिरी रिसोर्ट उपयुक्त गन्तव्य बन्नसक्ने जनाइएको छ ।

यस्तै, काठमाडौंमा एक दिनका लागि परिवारसहित घुम्न निस्किन चाहानेका लागि चन्द्रागिरी उपयुक्त गन्तव्यका रुपमा विकास भइरहेको छ । चन्द्रागिरी क्षेत्रबाट काठमाडौं र आसपासका हिमश्रृंलाको अवलोकन गर्न सकिन्छ ।

चन्द्रागिरी रिसोर्ट समुन्द्र सतहबाट २५ सय मिटर उचाईमा छ । यहाँको मौसम छिनछिनमा परिवर्तन हुने भएकाले पर्यटकले भरपुर मनोरन्जन लिनसक्छन् ।

प्रकाशित : २५ श्रावण २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह