Logo

Banner-news

कलंकी–महाराजगन्ज र कोटेश्वर–तिलगंगा सडक विस्तार फागुनबाट, २ वर्षभित्रै सकिने


GDP Nepal
   २७ श्रावण २०७६, सोमबार


काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ विस्तार अन्तर्गत कलंकी–महाराजगन्ज र कोटेश्वर–तिलगंगा सडक विस्तारको काम फागुनबाट सुरु हुने भएको छ । सरकारले समयमै साइट क्लियरेन्स गरिदिए २ वर्षभित्रै निर्माण सकिने चिनियाँ कम्पनीले जनाएको छ ।

फागुनसम्म बिजुलीका पोल, रुख र खानेपानी ढललगायतका अन्य अवरोध हटाएर सिमांकन गर्ने योजना छ । त्यससँगै सडक निर्माणका लागि कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर काम थाल्ने योजना छ ।

कलंकी–महाराजगंज सडकका लागि चीनले पूर्वसम्भाव्यता अध्ययनसमेत पूरा गरिसकेको छ । तर डीपीआर निर्माणका लागि सीमा क्षेत्र ‘साइड क्लियर’खाली हुनुपर्ने चिनियाँ पक्षको शर्त छ ।

यता, बिजुलीको पोल सार्नको लागि १० करोड ७२ लाख नेपाल विद्युत् प्राधिकरणलाई सम्बन्धित पक्षले बुझाइसकेको छ । नेपालले निर्माणका लागि साइट क्लियर गरेसँगै चीनले ठेकेदार छनोट गरी काम थाल्नेछ ।

कलंकी–कोटेश्वर खण्डमा सरकारले समयमै सडक साइट क्लियर नगर्दा तीन वर्षमा सकिने काम ५ वर्षभन्दा बढी समय लागेको थियो ।

विस्तारिच सडकको कुल चौडाइ ६२ मिटर रहनेछ । केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर रहने सडकमा चीनले ५० मिटरमा सडक विस्तार गर्ने छ । यस्तै, बीचमा डिभाइडरसहितको ४ लेन र दायाँबायाँ २–२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुने छ ।

बाँकी १२ मिटर चौडाईमा भने नेपाल सरकारले एक–एक लेनको साइकल लेन रहने र यससँगै पैदलयात्रु लेन पनि हुनेछ । सो क्षेत्रमा रहेका करिब १९ सय रुख कटानको लागि लिलामी प्रक्रिया पनि सुरु भइसकेको छ । साढे आठ किलोमिटर सडक खण्ड पनि २ वर्ष्भित्रै सक्ने तथा ६ अर्ब लागत अनुमान छ ।

प्रकाशित : २७ श्रावण २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह