Logo

Banner-news

लामो दूरीका गाडीले अब हरेक ४ घन्टा गुडाएपछि आधा घन्टा विश्राम गर्नैपर्ने


GDP Nepal
   २८ श्रावण २०७६, मंगलबार


काठमाडौं । सरकारले बढ्दो दूर्घटना न्यूनीकरणका लागि सार्वजनिक यातायातमा कडा प्रावधान लागू गर्ने भएको छ । चालककै कारण दुर्घटना बढेपछि सरकार सार्वजनिक यातायात सुधारमा कठोर भएको हो ।

लामो दूरीका यातायातमा दुई चालक अनिवार्य गरेको सरकारले अब लामो दूरीका गाडीले अब हरेक ४ घन्टा गुडाएपछि आधा घन्टा विश्राम गर्नैपर्ने बाध्यकारी प्रावधानसमेत लागू गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै चार घन्टाभन्दा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीले चार घन्टामा एकपटक आधा घन्टा विश्राम गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

यस्तै, लामो दूरीका सवारीसाधनले न्यूनतम दुई चालक राख्नुपर्ने र हरेक ६ घन्टामा चालक परिवर्तन गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ पालना गर्न विभागले सूचित गरेको छ । सरकारको यस्तो निर्देशन उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित : २८ श्रावण २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह