Logo

Banner-news

तस्करको हातमा गाउँपालिकाको रसिदः २१ लाख घोटाला, छानबिन कि चोख्याउने तयारी?


GDP Nepal
   ३१ श्रावण २०७६, शुक्रबार


दोलखा । दोलखाको मुख्य नदी तामाकोसीबाट संकलन हुने बालुवा, ढुंगा तथा गिटीजस्ता वस्तुको कर उठाउने जिम्मा गाउँपालिकाले ठेकेदारलाई दिँदा एकै वर्षमा २१ लाखभन्दा बढी घोटाला भएको तथ्य खुलेको छ । तर, गाउँपालिकाका अधिकारीहरु नै दोषी रहेको उक्त प्रकरण आन्तरिक छानबिनका नाउँमा मिलेमतोमा टुंगो लगाउने षडयन्त्र भइरहेको छ ।

गाउँपालिकामा नदीजन्य वस्तुको निकासी गरेवापत लिइने कर संकलनमा घोटाला भएको विषयमा कार्यपालिका बैठकले छानबिन समिति गठन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्काको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले जानकारी दिए ।

कर संकलनमा भएको अनियमितताको नमूना

गाउँपालिकाको आन्तरिक छानबिनले दोषी पत्ता लगाएर कारबाही हुनेभन्दा पनि चोख्याउने प्रयास भइरहेको भन्दै स्थानीयवासी भने असन्तुष्टि छन् । समितिमा जिल्ला प्रशासन कार्यालय दोलखाका अधिकृतस्तरका प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयको प्रतिनिधि र गाउँपालिकाका इन्जिनियर सदस्य रहेका छन् । समितिलाई १५ दिनको समय दिइएको छ ।

आर्थिक वर्ष २०७५÷७६ को नदीजन्य निकासीवापत करमा २१ लाख रुपैयाँ घोटला भएको विषय सार्वजनिक भएपछि छानबिन गर्न लागेको हो । गाउँपालिकाको भीरकोटस्थित गोपीखोलादेखि सहरेसम्मको तामाकोसी नदी क्षेत्रबाट झिकेर अन्यत्र निकासी गरिएको ढुंगा, गिट्टी, बालुवा तथा नदीजन्य वस्तुहरूको निकासी हुन्छ ।

तर, स्थानीय तहहरूले आन्तरिक आयअन्तर्गत नदीजन्य पदार्थको निकासीवापत कर असुल्न पाउँछन् । स्थानीय तहको मुख्य आन्तरिक आम्दानीसमेत यही हो । त्यहीवापत तामाकोसी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा ठेक्का नलागेको बेलामा २०७५ साउन १ गतेदेखि असोज २२ गतेसम्म आफैंले निकासी कर संकलन गरेको थियो । असोज २३ गतेपछि मात्र यो क्षेत्रको निकासी कर संकलन गर्नका लागि ठेक्का लागेको थियो ।

प्रकाशित : ३१ श्रावण २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह