Logo

बिजनेस होम

महासंघ कोषाध्यक्षमा निरक केसी


GDP Nepal
   ३२ श्रावण २०७६, शनिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त कोषाध्यक्ष पदमा कार्यकारिणी सदस्य निरक केसी मनोनित भएका छन् । महासंघ कार्यकारिणी समितिको १३ औं बैठकले केसीलाई उक्त पदमा मनोनित गरेको हो ।

यसअघि कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले दिएको राजीनामा महासंघले स्वीकृत गरिसकेको छ । उनले एक गाउँ एक उत्पादन कार्यक्रममा अनियमितता भएको विषयमा व्यक्त अभिव्यक्ति विवादमा आएपछि राजीनामा गरेका थिए ।

महासंघ अध्यक्ष भवानी राणाको अध्यक्षतामा शुक्रबार सम्पन्न महासंघको कार्यकारिणी समितिको १३ औं बैठकबाट केसी कोषाध्यक्ष पदमा निर्वाचित भएको महासंघले जनाएको छ । अध्यक्ष राणाले नवनिर्वाचित कोषाध्यक्ष केसीलाई शुक्रबार नै पद तथा गोपनियताको सपथ ग्रहण गराउँंदै बधाई दिइन् ।

कोषाध्यक्ष केसीले झन्डै दुई दशकदेखि महासंघको विभिन्न समितिमा रहेर काम गर्दै आएका छन् । यसअघि जिल्लानगर उपाध्यक्ष पदमा दुईपटक प्रतिस्पर्धा गरेका केसीले वर्तमान अध्यक्ष राणा र उपाध्यक्ष किशोर प्रधानसँग पराजय बेहोर्नुपरेको थियो ।

प्रकाशित : ३२ श्रावण २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह